logo

शेयर कारोबार सुधारियो, दोहोरो अंकले बढ्यो नेप्से परिसूचक 

यस साताको अन्तिम कारोबार दिन बुधबार शेयर बजारमा सुधार देखिएको छ । साताको दुइ दिन लगातार घटेको नेप्से परिसूचक तेस्रो दिन दोहोरो अंकले बढेको थियो । चौथो दिन बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । भोलि बिहीबार भने सार्वजनिक बिदा भएकाले कारोबार हुँदैन ।

२०७८ असोज २०

मध्य भोटेकोशीको आइपीओ खुल्यो, १० कित्ता आवेदन दिए हुने

मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर(आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयरख कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।

२०७८ असोज २०

४१ अंकले बढ्यो नेप्से 

पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले बढी हो ।

२०७८ असोज १९

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर (आईपीओ) का लागि मंगलबार (आज) सम्म आवेदन दिन पाइने छ । कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

२०७८ असोज १९

सोमबारको प्रि–ओपनिङमा ०.१३ अंकले बढ्यो नेप्से 

सोमबार प्रि–ओपनिङ सेसनमा नेप्से परिसूचक ०.१३ अंकले बढेको छ । प्रि–ओपनिङमा १० वटा कम्पनीको कारोबार भएको छ । जसमा ६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य घटेको छ ।

२०७८ असोज १८

शेयर कारोबार घट्यो, नेप्से परिसूचक २६ सय तल

साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ। असोज मसान्तको ब्याज तिर्न र चार्डपर्वको लागि रकम जोहो गर्न खोज्दा नेप्से सूचक झनै दबावमा देखिएको हो। यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले घटेको छ।

२०७८ असोज १७

साहज उर्जाको आईपीओ बाँडफाँट, करिब १३ हजारको आवेदन रद्द

साहस उर्जा कम्पनीको साधारण शेयर (आईपीओ) बाँडफाँट भएको छ । आइतबार कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।  ६ लाख ४४ हजार जना आवेदनकले १० कित्ताका दरले शेयर पाएका छन् ।

२०७८ असोज १७

फेरि ओरालो यात्रामा शेयर बजार

लगातार घटिरहेको शेयर बजार बुधबार करेक्शन भए पनि बिहीबार पुनः घटेर ओरालो यात्रामा लागेको छ । बुधबार ५०.५८ अंकले बढेको बजार बिहीबार फेरि ३२.५१ अंकले घटेको हो । १.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३३.४२ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बिहीबार २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

२०७८ असोज १४

निरन्तर आरोलो गतिमा शेयर बजार , ७० अंकले घट्यो नेप्से

पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ ।

२०७८ असोज १२

शेयर बजारमा पहिरो, नेप्से परिसूचक साढे ४ महिनायताकै न्यून विन्दुमा 

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साढे ४ महिनायताकै न्यून विन्दुमा पुगेको छ । गत वैशाख ३० गते २६८४ विन्दुमा रहेको परिसूचक त्यसपछि सो विन्दुभन्दा माथि नै थियो । आज(असोज ११ गते) भने परिसूचक २६८५.४२ विन्दुमा छ । यो सिजनको ‘बुलरन’ मा नेप्से परिसूचक ३१९९.०३ विन्दुमा पुगेको थियो । गत भदौ २ गते परिसूचक सो विन्दुमा पुगेको थियो । ३१९९ को उच्चतम विन्दुबाट परिसूचक अहिले घटेर २६८५.४२ अंकमा आइपुगेको हो ।

२०७८ असोज ११

मध्यभोटेकोसी आयोजना प्रभावितलाई जारी आइपीओ बाँडफाँट 

मध्यभोटेकोसी जलविद्युत आयोजनाले स्थानीय प्रभावितका लागि जारी गरेको आइपीओ बाँडफाँट गरेको छ । पहिलो चरणमा प्रभावितका लागि जारी गरेको सेयर सोमबार बाँडफाँट भएको हो । पहिलोपटक गत २१ वैशाखदेखि स्थानीयका लागि आइपीओ खुला गरे पनि कोरोना महामारीका कारण दुई दिनमै स्थगित गरिएको थियो । स्थगित आइपीओ पुनः गत ५ देखि ३२ साउनसम्म बिक्री खुला गरिएको थियो । 

२०७८ असोज ११

उफ ! फेरि ओरालो गतिमा शेयर बजार 

गत साता केही दिन बढेको शेयर बजार फेरि ओरालो  गतिमा गएको छ । केही समयदेखि लगातार घटिरहेको शेयर बजारमा गत साता केही सुधार आए पनि आइतबार पुनः उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार शेयर बजार ६१.२७ अंकले घटेको हो ।

२०७८ असोज १०

मानुषी लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारमै ४०० रुपैयाँसम्म पुग्ने 

मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको एक महिनापछि सूचीकृत भएको छ । गत ७ भदौमा बाँडफाँड भएको कम्पनीको आईपीओ आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । संस्थाको कूल १० लाख ९३ हजार ७५० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

२०७८ असोज १०

बुद्धभूमिको ८ करोड रुपैयाँको आईपीओ भोलिबाट 

बुद्धभूमि नेपाल हाइड्रोपावरले भोली ११ असोज सोमबारदेखि ८ करोड रुपैयाँ बराबरको साधारण शेयर(आईपीओ)आईपीओ निष्काशन खुला गर्ने भएको छ । सो शेयरमा १४ गतेसम्म आवेदन दिन सकिनेछ । आईपीओमा १० कित्तादेखि अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ ।

२०७८ असोज १०

साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

साहस उर्जा लिमिटेडले साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । गत ८ असोजदेखि खुलेको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसयता हिजो शनिबार पनि र आज पनि आवेदन दिनेहरु थपिएका छन् ।  

२०७८ असोज १०

१५ असोजदेखि न्यादी हाइड्रोपावरको साढे २२ करोडको आईपीओ आउने

आगामी १५ असोज १५ देखि न्यादी हाइड्रोपावर लिमिटेडको साढे २२ करोड रुपैयाँ बराबरको आईपीओ आउने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरका २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

२०७८ असोज ८

नेप्से १०५ अंकले बढ्यो, ३ अर्ब ५१ करोडको कारोबार

बुधबार सुरु देखि नै उकालो लागेको नेप्से दिउँसो १ बजेर १८ मिनेट जाँदाको समयसम्म १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुगेको छ ।

२०७८ असोज ६

शेयर बजारमा करेक्शनः नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम घट्यो

लगातार घटिरहेको शेयर बजारमा आज करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार १३.८३ अंकले बढेको हो । ०.५१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७१२.०७ अंकमा उक्लिएको छ । हिजो भने बजार ११४.०२ अंक र ४.०५ प्रतिशतले घटेको थियो ।

२०७८ असोज ५

निफ्राले लगानीकर्तालाई ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ८.४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ४ गने बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

२०७८ असोज ५

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत 

मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । हालै प्राथमिक सेयर जारी गरी बाँडफाँड सम्पन्न गरेको कम्पनीको सेयर मंगलबार नेपा स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

२०७८ असोज ५

सेयर बजारमा ११४ अंकको पहिरो, परिसूचक २७ सयमुनि ओर्लियो  

सोमबार सेयर बजारमा ११४ अंकको पहिरो गएको छ । ४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २७ सयमुनि झरेको छ।  सोमबारको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  स्टक एक्सचेन्जका अनुसार यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु राताम्मे भएका छन्।

२०७८ असोज ४

सेयर बजारमा गिरावट, १११ अंकले घट्यो नेप्से परिसूचक

सोमबारको सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । कारोबार शुरु भएदेखि ओरालो लागेको नेप्से परिसूचक करिब साँढे २ घण्टामा १११.४६ अंकले घटेको छ ।

२०७८ असोज ४

तेह्रथुम पावरको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल 

तेह्रथुम पावर कम्पनीको सेयर रजिष्ट्रारमा नेपाल बंगलादेश क्यापिटल नियुक्त भएको छ । सो सम्बन्धमा क्यापिटल र तेह्रथुम पावर कम्पनीबीच बिहीबारको द्विपक्षीय सम्झौता भएको हो । सम्झौतामा तेह्रथुम पावर कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक मोहनकुमार डांगी र नेपाल बंगलादेश क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका हुन् ।

२०७८ असोज ४

अरुण भ्याली हाइड्रोले बोनस र हकप्रद सेयर दुबै दिने

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई बोनस र हकप्रद सेयर दुबै दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई बोनस र बोनस पश्चात हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।

२०७८ असोज १

नेप्सेमा ७६ अंकको गिरावट, उपसमूहका सबै सूचक रातो

नेप्से परिसूचक आज ७६.६५ अंकले घट्दै २८१२.३९ विन्दुमा पुगेको छ । १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर किनबेचमा ९ अर्ब ३ करोड ३९ लाख ६२३ बराबरको कारोबार भएको छ ।

२०७८ भदौ ३१

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.