logo

फेरि ओरालो यात्रामा शेयर बजार

३ अर्ब ७० करोडमा खुम्चियो कारोबार

    1660   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार – लगातार घटिरहेको शेयर बजार बुधबार करेक्शन भए पनि बिहीबार पुनः घटेर ओरालो यात्रामा लागेको छ । बुधबार ५०.५८ अंकले बढेको बजार बिहीबार फेरि ३२.५१ अंकले घटेको हो । 
१.२२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३३.४२ अंकमा झरेको छ । 
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार बिहीबार २२५ कम्पनीका ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँ  बराबरको मात्रै कारोबार भएको छ । बजार घटेसँग कारोबार रकम पनि ह्वात्तै घटेको हो ।  
नेप्सेका अनुसार बजार घटेको दिन आज अधिकांश समूह राताम्मे भएका छन् । विकास बैंक समूह सबैभन्दा बढी १५५.७५ अंकले घटेको छ । बजार घटेको दिन पनि ट्रेडिङ समूह ११८.१३ अंक, अन्य समूह ४.५६ अंक र म्युचुअल फण्ड ०.०३ अंकले बढेको छ । 
नेप्से घटे पनि आज ३ कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत कम्पनीको शेयर मूल्य १०–१० प्रतिशतले बढेको हो । आज सबैभन्दा बढी गुडविल फाइनान्स कम्पनी ६.८६ प्रतिशत, प्रिमियर इन्स्योरेन्स ६.२९ प्रतिशत र हिमालयन पावरको शेयर मूल्य ६.२२ प्रतिशतले घटेको छ । 
आज नेपाल बैंक लिमिटेडको उच्च कारोबार भएको छ । नेपाल बैंकको १२ करोढ ७७ हजार ७८.७० रुपैयाँ  बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
शेयर बजार साताको पहिलो दिन आइतबार ६१.२७ अंक, दोस्रो दिन सोमबार ७३.०५ अंक र मंगलबार ७०.०१ अंकले घटेको बजार  बुधबार भने ५०.५८ अंकले सुधार भएको थियो । त्यसैगरी आइतबार ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपियाँ,  सोमबार ५ अर्ब १२ करोड ९ लाख ७३ हजार ९६ रुपैयाँ , मंगलबार ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १ सय ७९ रुपियाँ र हिजो बुधबार  ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँ  बराबरको कारोबार भएको थियो ।  यसअघि गत ३ भदौमा हालसम्मकै उच्च बिन्दु ३१९८.६० अंकमा पुगेको बजारमा त्यसपछिका दिनमा उतारचढाव आइरहेको छ । गत ३१ साउनमा हालसम्मकै उच्च २१ अर्ब ६३ करोड ७६ लाख ६ सय ६५ रुपियाँ बराबरको कारोबार भएकोमा सो रकम पनि घट्दै आएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।