logo

शेयर कारोबार घट्यो, नेप्से परिसूचक २६ सय तल

    1072   पटक पढिएको

१७ असोज / अर्थ र व्यापार – साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक २ प्रतिशतभन्दा धेरैले घटेको छ। असोज मसान्तको ब्याज तिर्न र चार्डपर्वको लागि रकम जोहो गर्न खोज्दा नेप्से सूचक झनै दबावमा देखिएको हो।
यस दिन नेप्से सूचक ५५.९३ अकंले घटेर २५७७.४९ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि ११ अंकले घटेको छ।
यस दिन २३२ वटा कम्पनीको ८९ लाख ४८ हजार ९३७ कित्ता शेयर ४ अर्ब ११ करोड ३८ लाख १४ हजार २४६ रुपैयाँमा खरिद बिक्री भएको छ।
आइतबार फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.३३ प्रतिशतले घटेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि ३.३३ प्रतिशतले घटेको छ। कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ।
यस दिन मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.९७ प्रतिशतले घटेको छ भने स्वाभिमान लघुवित्तको ६.०५ प्रतिशत,सबैको लघुवित्तको २.०८ प्रतिशत र प्रिमियर इन्स्योरेन्सको १.७३ प्रतिशतले बढेको छ।
यस्तै गुहेश्वरी मर्चेण्ट फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ९.१९ प्रतिशतले घटेको छ भने रैराङ हाइड्रोपावरको ९.१३ प्रतिशत,माउन्टेन हाइड्रोको ८.५५ प्रतिशत, छ्याङ्दी हाइड्रोको ७.९९ प्रतिशत र युनाइटेड मोदि हाइड्रोपावरको ७.८७ प्रतिशतले घटेको छ।
यस दिन अपि पावरको सबैभन्दा धेरै १५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने नेशनल हाइड्रोपावरको १४ करोड २४ लाख रुपैयाँ, रिडि हाइड्रोको १४ करोड १० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १३ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।