logo

शेयर बजारमा करेक्शनः नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम घट्यो

    1146   पटक पढिएको

५ असोज / अर्थ र व्यापार – लगातार घटिरहेको शेयर बजारमा आज करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार १३.८३ अंकले बढेको हो । ०.५१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७१२.०७ अंकमा उक्लिएको छ । हिजो भने बजार ११४.०२ अंक र ४.०५ प्रतिशतले घटेको थियो । 
आजको ट्रेन हेर्दा बजार खुले लगत्तै ओरोलो यात्रा शुरु भएको थियो र ११ः३० बजे नेप्से २६१५.४९ अंकमा ओर्लिएको थियो । त्यसपछि पुनः बजार उकालो लाग्दै ११ः५६ बजे २७६६.४१ अंकमा उक्लिएको बजार १२ः१२ बजे फेरि २६६८.२७ अंकमा झरेको थियो ।
१२ः२५ बजे २७४०.०८ अंकमा उक्लिएको बजार १२.३९ बजे २७०९.७७ अंकमा झरेको थियो भने पुनः बिस्तारै उकालो चढ्दै १ः२४ बजे २७५७.९८ अंकमा उक्लियो । त्यसपछि १ः४५ बजे २७२८.५० अंक, २ः१६ बजे २७३८.८० अंकमा पुगेको बजार ३ बजे बन्द हुँदा २७१२.०७ अंकमा पुगेर रोकिएको छ । 
नेप्सेका अनुसार आज २२३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपियाँ बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । बजार उच्च अंकले घटे पनि हिजो ८ अर्ब ४९ करोड ३४ लाख १ सय ९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
बजारमा करेक्शन आए पनि दिन आज ट्रेडिङ ५०.२५ अंक, वित्त १८.४५ अंक, उत्पादनमूलक १९.०१ अंक र म्यूचुअल फण्ड ० अंकले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १९९.६४ अंकले बढेको छ । 
आज सबैभन्दा बढी मनकामना स्मार्टका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी रु रु जलविद्युतका लगानीकर्ता ५.७८ प्रतिशत र आजैमात्रै ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको निफ्राका लगानीकर्ताले ४.६६ प्रतिशतले नाफा कमाएका छन् । 
त्यसैगरी सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ३.४३ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत र जानकी फाइनान्सका लगानीकर्ताले ३.२६ प्रतिशतले घाटा ब्यहोरेका छन् । 
नेप्सेका अनुसार आज पनि अरुण भ्याली हाइड्रो कै उच्च कारोबार भएको छ । अरुण भ्यालीको २५ करोड ४४ लाख १५ हजार २ सय ३३.१० रुपियाँ बराबरको कारोबार भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।