logo

शेयर बजारमा करेक्शनः नेप्से दोहोरो अंकले बढे पनि कारोबार रकम घट्यो

    1421   पटक पढिएको

५ असोज / अर्थ र व्यापार – लगातार घटिरहेको शेयर बजारमा आज करेक्शन देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार १३.८३ अंकले बढेको हो । ०.५१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७१२.०७ अंकमा उक्लिएको छ । हिजो भने बजार ११४.०२ अंक र ४.०५ प्रतिशतले घटेको थियो । 
आजको ट्रेन हेर्दा बजार खुले लगत्तै ओरोलो यात्रा शुरु भएको थियो र ११ः३० बजे नेप्से २६१५.४९ अंकमा ओर्लिएको थियो । त्यसपछि पुनः बजार उकालो लाग्दै ११ः५६ बजे २७६६.४१ अंकमा उक्लिएको बजार १२ः१२ बजे फेरि २६६८.२७ अंकमा झरेको थियो ।
१२ः२५ बजे २७४०.०८ अंकमा उक्लिएको बजार १२.३९ बजे २७०९.७७ अंकमा झरेको थियो भने पुनः बिस्तारै उकालो चढ्दै १ः२४ बजे २७५७.९८ अंकमा उक्लियो । त्यसपछि १ः४५ बजे २७२८.५० अंक, २ः१६ बजे २७३८.८० अंकमा पुगेको बजार ३ बजे बन्द हुँदा २७१२.०७ अंकमा पुगेर रोकिएको छ । 
नेप्सेका अनुसार आज २२३ कम्पनीका १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६ सय ५२ रुपियाँ बराबरको कारोबार भएको छ । नेप्से बढे पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको छ । बजार उच्च अंकले घटे पनि हिजो ८ अर्ब ४९ करोड ३४ लाख १ सय ९ रुपियाँ बराबरको कारोबार भएको थियो । 
बजारमा करेक्शन आए पनि दिन आज ट्रेडिङ ५०.२५ अंक, वित्त १८.४५ अंक, उत्पादनमूलक १९.०१ अंक र म्यूचुअल फण्ड ० अंकले घटेका छन् । बाँकी समूहमा भने हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह १९९.६४ अंकले बढेको छ । 
आज सबैभन्दा बढी मनकामना स्मार्टका लगानीकर्ताले ९.९९ प्रतिशतले नाफा कमाएका छन् । त्यसैगरी रु रु जलविद्युतका लगानीकर्ता ५.७८ प्रतिशत र आजैमात्रै ८.५० प्रतिशत नगद लाभांश घोषणा गरेको निफ्राका लगानीकर्ताले ४.६६ प्रतिशतले नाफा कमाएका छन् । 
त्यसैगरी सबैभन्दा बढी सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ३.४३ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.४२ प्रतिशत र जानकी फाइनान्सका लगानीकर्ताले ३.२६ प्रतिशतले घाटा ब्यहोरेका छन् । 
नेप्सेका अनुसार आज पनि अरुण भ्याली हाइड्रो कै उच्च कारोबार भएको छ । अरुण भ्यालीको २५ करोड ४४ लाख १५ हजार २ सय ३३.१० रुपियाँ बराबरको कारोबार भएको हो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।