logo

निरन्तर आरोलो गतिमा शेयर बजार , ७० अंकले घट्यो नेप्से

    1086   पटक पढिएको

१२ असोज / अर्थ र व्यापार – पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजार दैनिक निरन्तर रुपमा घटेर २६ सय बिन्दु नजिक पुगेको छ । मंगलबारको बजारमा पनि सेयर कारोबार मापक नेप्से परिसूचक ७०.०१ अंकले घटेर २६१५.४० बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशतले घटी हो ।
बजारमा परिसूचक घटेपनि सेयर कारोबार रकममा भने सुधार देखिएको छ । सोमबार ५ अर्ब १५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ५ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दिनभरको बजारमा १८६ कम्पनीसहित कूल २१८ वटा स्क्रिप्टको कारोबार भएको छ । ७५ हजार ३७४ पटकको कारोबारमा कूल १ करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
कारोबारमा आएका कम्पनीमध्ये कुमारी बैंक तीन शीर्षकमा अग्रस्थानमा रहेको छ । गत आर्थिक वर्षको लाभांश घोषणा भएकैदिन कम्पनीको उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन १८ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकमको आधारमा मात्रै नभई बैंक कारोबार संख्या र कारोबार कित्ताको आधारमा पनि शीर्ष स्थानमा रहेको छ । कम्पनीको एकैदिन ६ लाख ११ ह जार ४८४ कित्ता सेयर ३ हजार ३८४ पटकमा किनबेच भएको छ । जुन अन्य कम्पनीको तुलनामा बढी हो ।
मंगलबार कम्पनीको सेयर मूल्य २६ रुपैयाँले घटेर प्रतिकित्ता ३०३ रुपैयाँमा झरेको छ । लाभांश घोषणा गरेकै दिन कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेको छ । बैंकले गत आवको नाफाबाट सेयरधनीलाई ८.३६ प्रतिशत लाभांश घोषणा गरेको हो । यससँगै लगानीकर्ताहरु निराश देखिएका मंगलबारको बजारले प्रष्टाएको छ ।
सोमबारको तुलनामा मंगलबारको बजारमा १० कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, १७३ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको सेयर मूल्य स्थीर रहेको छ ।५ कम्पनीको सेयर मूल्य सर्किट लेभलमा घटेको छ । जसमध्ये अधिकांश हाइड्रोपावर समूहका कम्पनी रहेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।