logo

शेयर बजारमा पहिरो, नेप्से परिसूचक साढे ४ महिनायताकै न्यून विन्दुमा 

सोमबार ७३ अंकले घट्यो

    1241   पटक पढिएको

 

११ असोज / अर्थ र व्यापार – सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो साढे ४ महिनायताकै न्यून विन्दुमा पुगेको छ । गत वैशाख ३० गते २६८४ विन्दुमा रहेको परिसूचक त्यसपछि सो विन्दुभन्दा माथि नै थियो । आज(असोज ११ गते) भने परिसूचक २६८५.४२ विन्दुमा छ । यो सिजनको ‘बुलरन’ मा नेप्से परिसूचक ३१९९.०३ विन्दुमा पुगेको थियो । गत भदौ २ गते परिसूचक सो विन्दुमा पुगेको थियो । ३१९९ को उच्चतम विन्दुबाट परिसूचक अहिले घटेर २६८५.४२ अंकमा आइपुगेको हो । यो बीचमा परिसूचक १६ प्रतिशतले घटिसकेको छ ।
बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) को अभावपछि सेयर बजारमा नकारात्मक असर परेको देखिन्छ । सुरुमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिप्रति गुनासो गरेका लगानीकर्ताले सोही कारण बजारमा नकारात्मक असर पर्ने बताएका थिए । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत एकाघर परिवारका व्यक्ति तथा एउटा संस्थाले एउटै बैंक वित्तीय संस्थाबाट बढीमा ४ करोड रुपैयाँसम्म र सबै बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँसम्म मात्रै मार्जिन प्रकृतिको सेयर धितोकर्जा लिन पाइने नीतिगत व्यवस्था गरेको थियो ।
पछिल्लो समय बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव बढ्दै गएपछि बैंकहरुले व्याजदर बढाएका छन् । बैंकहरुले बढाएको व्याजको कारण कर्जा महंगो भएपछि सेयर बजारमा त्यसको असर परेको देखिन्छ । यस्तै, केही क्षेत्र तथा कम्पनीको सेयर मूल्य अवास्तविक रुपमा बढेको गुनासो पनि थियो । सोही कारण कतिपय नीति निर्माताहरुले सेयर बजारमा ‘हावा भरेको मूल्य’ भनेर नकारात्मक टिप्पणी पनि गरेका थिए । सोमबारको सेयर बजार निरन्तर रुपमा घटेको छ । बिहान बजार खुलेदेखि ओरालोको बाटो तय गरेको नेप्से परिसूचक अन्त्यसम्ममै ओरालो लागेर बन्द भएको छ । दिनभरको बजारमा नेप्से परिसूचक ७३.०५ अंकले घटेर २६८५.४२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा २.६५ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा २२७ वटा स्क्रिप्टको कूल ५ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । जुन अघिल्लो दिन आइतबारको तुलनामा एक अर्ब ३८ करोड रुपैयाँले घटी हो । कूल कारोबारमध्ये सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । पछिल्लो समय कम्पनीको दैनिक रुपमा सर्वाधिक कारोबार हुँदै आएको छ । बजारमा कम्पनीको सेयर भाउ प्रतिकित्ता ४९२ रुपैयाँ रहेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । कूल १३ वटा समूहमध्ये सबैभन्दा बढी निर्जीवन बीमा समूह ४३९ अंकले घटेको छ । सोमबार अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । १८५ वटा कम्पनी कारोबारमा आएकामा १८२ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ३ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।
सेयर मूल्य बढ्नेमा गुराँस फाइनान्स, मैलुङ्खोला जलविद्युत कम्पनी र मनकामना स्मार्ट लघुवित्त रहेका छन् । त्यसमध्ये सबैभन्दा बढी मनकामना स्मार्टको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १५९३.७० रुपैयाँ पुगेको छ । त्यस्तै, मैलुङ्खोलाको पनि सेयर मूल्य सर्किट लेभलमा कारोबार भई प्रतिकित्ता २२६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ९.९७ प्रतिशतले बढी हो । उता गुराँस फाइनान्सको भने ६.०८ प्रतिशतले सेयर मूल्य बढेर प्रतिकित्ता १०२५.८० रुपैयाँ पुगेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।