logo

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

    3161   पटक पढिएको

 

४ भदौ/अर्थ र व्यापार – अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।
गायन, नृत्य तथा कमेडीका शोहरु मात्र दर्शकहरुले हेर्न पाइरहेको बेला अभिनय विधाको शो ‘एक्टिङ स्टार’ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने विश्वास गरिएको छ । अभिनय कला प्रस्फुटन गर्न तथा सच्चा कलाकारको खोजी गर्न यो शो ल्याउन लागेको आयोजक संस्था महक मिडिया नेटवर्क प्रालिले जानकारी दिएको छ ।
‘सबैमा प्रतिभा हुन्छ तर, प्लेटफर्म नभएर कुण्ठित हुन नपरोस् र मनोरञ्जनको क्षेत्रमा नयाँ कदम चाल्न ‘एक्टिङ स्टार’ले सहयोग गरोस् भन्ने हाम्रो उद्देश्य हो ।’ आयोजक टिमका एक प्रतिनिधिले भने । उनले यो शोको डिजिटल अडिसन खुल्ला गरेको २ दिनमै दर्जनौं भिडियोहरु प्राप्त हुँदा हौसला मिलेको भन्दै दर्शकहरुलाई नयाँ स्वादको प्रतिक्षा भएको पुष्टि गरे ।
‘एक्टिङ स्टार’मा डिजिटल अडिसन दिनका लागि आफ्नो अभिनय कला प्रस्तुतिको अधिकतम २ मिनेटसम्मको भिडियो रेकर्ड गरेर आगामी ३१ भदौसम्म Whatsapp तथा Viber नम्बर ९७६७९८३३१० मा पठाउनु पर्नेछ । अथवा, [email protected] मा पनि पठाउन सक्नेछ ।
कार्यक्रमलाई ‘महक मिडिया नेटवर्क प्रालिले निर्माण गर्दैछ भने निर्देशक तथा अन्य महत्वपूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिइने आगोजक कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।