logo

मध्यभोटेकोसी आयोजना प्रभावितलाई जारी आइपीओ बाँडफाँट 

४० कित्तासम्म सबैले पाए

    1073   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – मध्यभोटेकोसी जलविद्युत आयोजनाले स्थानीय प्रभावितका लागि जारी गरेको आइपीओ बाँडफाँट गरेको छ । पहिलो चरणमा प्रभावितका लागि जारी गरेको सेयर सोमबार बाँडफाँट भएको हो । 
पहिलोपटक गत २१ वैशाखदेखि स्थानीयका लागि आइपीओ खुला गरे पनि कोरोना महामारीका कारण दुई दिनमै स्थगित गरिएको थियो । स्थगित आइपीओ पुनः गत ५ देखि ३२ साउनसम्म बिक्री खुला गरिएको थियो । 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अति प्रभावित क्षेत्रका स्थानीयले १८० कित्तासम्म माग बमोजिम सेयर पाएका छन् । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने दुई हजार तीन सय १३ जनालाई थप १० कित्ताका दरले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।  आयोजनाले भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ (साबिक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा ५ र ६ (साबिक गाती) तथा बाह्रबिसे नगरपालिका वडा ७ र ८ (साबिक घुम्थाङ र मानेश्वरा) का स्थायी बसोबासीका लागि १८ लाख कित्ता (३० प्रतिशत) साधारण सेयर जारी गरेको थियो।
आयोजनाबाट अति प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा स्थायी बसोबास गर्नेहरुका लागि ४२ लाख कित्ता (७० प्रतिशत) साधरण सेयर निष्कासन गरेको थियो। न्युनतम १० कित्ता तथा अधिकतम ४०० कित्तासम्म आवेदन दिन सक्ने गरी बिक्री खुलाइएको थियो।
अति प्रभावितबाहेक जिल्लाका अन्य आवेदकले ४० कित्तासम्म माग बमोजिम सेयर पाएका छन्। ५० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने ४० हजार पाँच सय ४८ जनाले गोला प्राथाबाट थप १० कित्ता सेयर पाएका छन्।
यो जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीबाट निर्माण भइरहेको छ। जसको भौतिक प्रगति ७० प्रतिशतमाथि छ । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्नेछ । आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ भन्दा कम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।