logo

मध्यभोटेकोसी आयोजना प्रभावितलाई जारी आइपीओ बाँडफाँट 

४० कित्तासम्म सबैले पाए

    1333   पटक पढिएको

११ असोज / अर्थ र व्यापार – मध्यभोटेकोसी जलविद्युत आयोजनाले स्थानीय प्रभावितका लागि जारी गरेको आइपीओ बाँडफाँट गरेको छ । पहिलो चरणमा प्रभावितका लागि जारी गरेको सेयर सोमबार बाँडफाँट भएको हो । 
पहिलोपटक गत २१ वैशाखदेखि स्थानीयका लागि आइपीओ खुला गरे पनि कोरोना महामारीका कारण दुई दिनमै स्थगित गरिएको थियो । स्थगित आइपीओ पुनः गत ५ देखि ३२ साउनसम्म बिक्री खुला गरिएको थियो । 
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार अति प्रभावित क्षेत्रका स्थानीयले १८० कित्तासम्म माग बमोजिम सेयर पाएका छन् । १९० कित्तादेखि ४०० कित्तासम्म माग गर्ने दुई हजार तीन सय १३ जनालाई थप १० कित्ताका दरले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ ।  आयोजनाले भोटेकोसी गाउँपालिका वडा नम्बर १ र ५ (साबिक लिस्ती र मार्मिङ गाविस), बाह्रबिसे नगरपालिका वडा ५ र ६ (साबिक गाती) तथा बाह्रबिसे नगरपालिका वडा ७ र ८ (साबिक घुम्थाङ र मानेश्वरा) का स्थायी बसोबासीका लागि १८ लाख कित्ता (३० प्रतिशत) साधारण सेयर जारी गरेको थियो।
आयोजनाबाट अति प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा स्थायी बसोबास गर्नेहरुका लागि ४२ लाख कित्ता (७० प्रतिशत) साधरण सेयर निष्कासन गरेको थियो। न्युनतम १० कित्ता तथा अधिकतम ४०० कित्तासम्म आवेदन दिन सक्ने गरी बिक्री खुलाइएको थियो।
अति प्रभावितबाहेक जिल्लाका अन्य आवेदकले ४० कित्तासम्म माग बमोजिम सेयर पाएका छन्। ५० कित्तादेखि ४ सय कित्तासम्म माग गर्ने ४० हजार पाँच सय ४८ जनाले गोला प्राथाबाट थप १० कित्ता सेयर पाएका छन्।
यो जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीबाट निर्माण भइरहेको छ। जसको भौतिक प्रगति ७० प्रतिशतमाथि छ । आयोजनाले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्नेछ । आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ भन्दा कम रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।