logo

साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

    1595   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – साहस उर्जा लिमिटेडले साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । गत ८ असोजदेखि खुलेको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसयता हिजो शनिबार पनि र आज पनि आवेदन दिनेहरु थपिएका छन् ।  

आइतबार कार्यालय समयसम्म सो कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ । यस कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।
हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । त्यसैले यस कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।   
यस कम्पनीले २९ साउनदेखि गत ११ भदौसम्म सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सर्वसाधारणलाई आईपीओ बिक्रीपछि कम्पनीको कूल सेयर पूँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।