logo

साहस उर्जाको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

    1298   पटक पढिएको

१० असोज / अर्थ र व्यापार – साहस उर्जा लिमिटेडले साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (आइतबार) अन्तिम दिन हो । गत ८ असोजदेखि खुलेको आईपीओमा शुक्रबार दिउँसोसम्म १७ लाख बढीले आवेदन दिइसकेका छन् । त्यसयता हिजो शनिबार पनि र आज पनि आवेदन दिनेहरु थपिएका छन् ।  

आइतबार कार्यालय समयसम्म सो कम्पनीको आईपीओमा आवेदन दिन सकिने बिक्री प्रबन्धकको एनआइबीएल एस क्यापिटलले जनाएको छ । यस कम्पनीले कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये ५ प्रतिशत (३ लाख ५० हजार कित्ता) म्युचुअल फण्ड र ३ प्रतिशत (२ लाख १० हजार कित्ता) कम्पनीका कर्मचारीलाई छुट्याइएको छ । बाँकी ६४ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने छन् । उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकले जनाएको छ ।
हाल आईपीओमा २४ लाखले आवेदन दिने गरेका छन् । त्यसैले यस कम्पनीले सर्वसाधारणका लागि छ्ट्याएको ६४ लाख ४० हजार कित्ता सेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जनाले १०–१० कित्ताका दरले पाउने छन् । त्यसकारण लगानीकर्ताहरुले १० कित्ताका लागि मात्र आवेदन दिंदा उपयुक्त हुने देखिन्छ ।   
यस कम्पनीले २९ साउनदेखि गत ११ भदौसम्म सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कुल ३५ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो । साहसले हाल सोलुखुम्बु जिल्लामा ८६ मेगावट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सर्वसाधारणलाई आईपीओ बिक्रीपछि कम्पनीको कूल सेयर पूँजी ३ अर्ब ५० करोड रुपैयाँ पुग्ने सो कम्पनीले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।