logo

४१ अंकले बढ्यो नेप्से 

    1136   पटक पढिएको

१९ असोज /  अर्थ र व्यापार – पछिल्लो समय निरन्तर ओरालो लाग्दै आएको सेयर बजार मंगलबार भने उकालो लागेको छ । सो दिनको सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ४१.८४ अंकले उकालो लागेर २६१२.६५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले बढी हो । प्रि ओपनिङ्ग सेसनमा सामान्य अंकले घटेको बजार नियमित कारोबारको समयमा भने उकालो लागेको हो । त्यस्तै, क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.४५ प्रतिशतले बढेर ४९२.०३ बिन्दुमा पुगेको छ ।
मंगलबार परिसूचकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ । दिनभर खुलेको सेयर बजारमा जम्मा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । २२३ स्क्रिप्टको कारोबार भएको बजारमा ५८ लाख ४२ हजार १३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये सबैभन्दा बढी शिखर इन्स्योरेन्सको संस्थापक सेयर कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर खरिद बिक्री भएका छन् । मंगलबारको बजारमा इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको छ ।
त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा मेरो माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ । संस्थाको एकैदिन ११ करोड ८६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । संस्थाले गत आर्थिक वर्षको बम्पर लाभांश घोषणा गरेसँगै लगानीकर्ताहरु संस्थाको सेयरमा आकर्षित भएका हुन् । मंगलबारको बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता १४०४ रुपैयाँ पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ८२.५० अर्थात ६.२४ प्रतिशतले बढी हो ।कारोबारमा आएका १८५ कम्पनीमध्ये १७२ कम्पनीको सेयर मूल्य बढेको छ । ११ वटाको घटेको छ भने बाँकी ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
लामो समय पनि हरियो देखिएको बजारमा ७ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमध्ये मल्टीप्रपर्स फाइनान्स कम्पनी, समता घरेलु लघुवित्त वित्तीय संस्था, हिमालयन पावर पार्टनरको सेयर मूल्य १०÷१० प्रतिशतले बढेको छ । त्यस्तै, मैलुङ्ग खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङ्दी हाइड्रोपावर र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा कारोबार भएको छ । मंगलबार ट्रेडिङ्ग समूह बाहेक कारोबारमा आएका सबै समूहमा हरियाली छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।