logo

अरुण भ्याली हाइड्रोले बोनस र हकप्रद सेयर दुबै दिने

    1031   पटक पढिएको

१ असोज / अर्थ र व्यापार – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीलाई बोनस र हकप्रद सेयर दुबै दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट सेयरधनीलाई बोनस र बोनस पश्चात हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सो वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यससँगै सो बोनस सेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत (अर्थात एक बराबर ०.५० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने कम्पनीको प्रस्ताव गरेको छ ।
सो प्रस्तावलाई कम्पनीको २४औं वार्षिक साधारणसभाले पारित गर्नुपर्ने छ । कम्पनीको साधारणसभा आगामी २४ असोजको बिहान ११ बजे जुममार्फत गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठक बिहीबार बसेको थियो । सो सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी ११ असोजमा बुक क्लोज हुँदै छ । यससँगै आगामी ११ असोजसम्म कायम सेयरधनीहरु कम्पनीको बोनस र हकप्रद सेयर लिन तथा सभामा सहभागि हुन योग्य हुने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।