logo

सेयर बजारमा ११४ अंकको पहिरो, परिसूचक २७ सयमुनि ओर्लियो  

    1424   पटक पढिएको

४ असोज / अर्थ र व्यापार – सोमबार सेयर बजारमा ११४ अंकको पहिरो गएको छ । ४ प्रतिशतको गिरावटसँगै नेप्से परिसूचक २७ सयमुनि झरेको छ।  सोमबारको कारोबारपछि नेप्से परिसूचक २६९८ अंकमा कायम भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।  
स्टक एक्सचेन्जका अनुसार यस दिन ८ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु राताम्मे भएका छन्। बैंकिङ ५१, विकास बैंक ३३२, फाइनान्स २२९, होटल तथा पर्यटन १५८, जलविद्युत २२०, लगानी ५, जीवन बीमा ८००, निर्जीवन बीमा ६१४, माइक्रोफाइनान्स १६२, उत्पादन ९१, अन्य ७० र ब्यापार समूह १५६ अंकले घटेका छन्। 
यसैगरि, चार कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । मनकामना स्मार्ट लघुवित्तको मूल्य ९.९ प्रतिशतले बढेको छ। हालै सूचीकृत यस कम्पनीको मूल्य प्रतिकित्ता ९८९ रुपैयाँ कायम भएको छ। डिप्रोक्स लघुवित्तको मूल्य २ प्रतिशतले बढेको छ। लक्ष्मी र नयाँ सारथी लघुवित्तको मूल्य पनि सामान्य बढेको छ। 
यस दिन गुडविल फाइनान्स, पोखरा फाइनान्स, आइसिएफसी फाइनान्स, हिमालय उर्जा विकास कम्पनी, घलेम्दी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, युनाइटेड इदी मर्दीको मूल्य १० प्रतिशतले घटेको छ। 
सिंगटी हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, हिमालय पावर पार्टनर, सेन्ट्रल फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जोशी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशतले घटेको छ।  गत २ भदौमा नयाँ कीर्तिमानी ३१९८ अंक कायम गर्यो। त्यसयता बजार घटिरहेको छ। यो पटकको ‘बुलिस ट्रेन्ड’मा भदौ २ को अंक नै उच्चतम विन्दु रहेको अनुमान छ। बजार घट्नुको मुख्य कारण लगानीयोग्य रकमको अभाव र बढ्दो ब्याजदर हो।
असोज १ देखि लागू हुनेगरी बैंकहरुले ब्याजदर बढाइसकेका छन्। वाणिज्य बैंकले नै मुद्दतीमा १० प्रतिशत ब्याज दिन थालेका छन्। ब्याजदर अझै बढ्ने अनुमान छ । अर्कोतर्फ सेयर बजार घट्दै जाँदा ‘मार्जिन कल’को त्रास समेत लगानीकर्तामा बढ्न थालेको छ। यसले पनि बजार घटाउनमा अझ टेवा पुर्याएको छ । अर्कोतर्फ राष्ट्र बैंकको नीतिले पनि बजारलाई केही हदसम्म प्रभाव पारेको लगानीकर्ताको गुनासो छ।  राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ। त्यही व्यवस्थाले पनि बजारलाई असर पारेको सेयर लगानीकर्ताहरुको भनाई छ । 
यदि एक व्यक्ति वा परिवारले बैंक तथा वित्तीय संस्थाबाट सेयरमै लगानीका लागि सेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिएको अवस्थामा एक वर्षभित्र सीमामा ल्याइसक्नुपर्नेछ । यहीं व्यवस्थाका कारण अहिले ठूला लगानीकर्ता सक्रिय हुन सकेका छैनन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।