logo

मध्य भोटेकोशीको आइपीओ खुल्यो, १० कित्ता आवेदन दिए हुने

    1304   पटक पढिएको

२० असोज /  अर्थ र व्यापार – मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणको लागि प्राथमिक सेयर(आइपीओ) बिक्री खुल्ला गरेको छ । कम्पनीले ९० करोड रुपैयाँको ९० लाख कित्ता सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता सेयरख कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता सेयर सेयर सामूहिक लगानी कोषलाई दिएर बाँकी ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधरणलाई बिक्री गर्न लागिएको हो ।
बुधबारदेखि खुलेको आइपीओ आगामी २५ असोजसम्म सर्वसाधारणले किन्नको लागि आवेदन दिन सक्ने छन् । यस कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधित्तम १० हजार कित्तासम्म आवेदन दिन सकिन्छ । आवेदन मेरो सेयर तथा आस्वा प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्था तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलमा गएर सेयर किन्न आवेदन दिन सकिन्छ । 
ठूलो रकमको आइपीओ भएपनि आइपीओमा पछिल्लो समय सर्वसाधारणको आकर्षण हेर्दामा यसमा न्यूनतम १० कित्ता मात्र आवेदन दिदा हुने देखिन्छ । धितोपत्र बोर्डले बनाएको मापदण्ड अनुसार न्यूनतम १० कित्ता सेयर दिनुपर्छ । आवेदकको संख्या बढी भएमा १० कित्ता सेयरको लागि गोलाप्रथाबाट गर्नुपर्ने हुन्छ । सर्वसाधारणलाई बिक्री गर्न लागिएको ८१ लाख ९० हजारको कित्ताको हिसाबले ८ लाख १९ हजारले मात्र १० कित्ता सेयर पाउने हुन्छ । आवेदकको संख्या २० लाखभन्दा बढी हुने हुँदा १० कित्ताभन्दा बढी आवेदन दिनु पर्दैन । छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।