ल्यान्डमार्क होटल्स एन्ड रिसोर्टले सोमबारदेखि चितवनको भरतपुर र भुवनटार देवघाटमा सेवा विस्तार गरेको छ ।
आइएमई ग्रुपको लगानीमा नवलपुरको गैडाकोट नगरपालिका–१, मौलाकालीमा इला होटल तथा रिसोर्ट औपचारिक रुपमा सञ्चालनमा आउदैछ ।
काठमाडौंदेखि मुगुको रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान) को पहलमा विशेष भ्रमण टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।
भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीले बुधबार विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
पछिल्लो समय पर्यटक आगमन संख्या बढेर सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च पर्यटक नेपाल भित्रिएका छन् ।
चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सवको अवसरमा संस्कृति तथा पर्यटन आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमवार भएको कार्यक्रममा चीनका कार्यवाहक राजदूत वाङ सिनले चीन–नेपाल
पोखरा विमानस्थलको अध्ययन प्रतिवेदन संसद्को लेखा समितिमा बुझाएको छ । संसदीय उपसमितिका संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई बुझाएका हुन् ।
थकाली भान्छाघर संघ नेपालको एप र वेबसाइट सार्वजनिक गरिएको छ ।
एसोसिएसन अफ कैलाश टुर्स अपरेटर्स नेपाल (एक्टोन) को अध्यक्षमा विमल नहर्की निर्वाचित भएका छन् ।
हिमालय एयरलाइन्सले चीनको ल्हासा र पोखरा जोड्ने गरी सोमबारबाट पहिलो व्यावसायिक उडान सुरु गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले सगरमाथामा हुने फोहोर व्यवस्थापनका लागि लगानी गर्ने भएको छ । बिहीबार इन्स्योरेन्स र राउन्ड टेबल नेपालबीच सगरमाथामा थुप्रिएको फोहोर व्यवस्थापन गर्ने सम्बन्धी समझदारी भएको हो।
क्षेत्रीय होटल संघ, चितवनको अधिवेशनवाट ओम प्रकाश पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । पाण्डे ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टका सञ्चालक हुन । मंगलवार भएको संघको अधिवेशनवाट महासचिव
तनहुँ जिल्लामा रहेको पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटकहरुलाई आकर्षित गर्न वक्ताहरुले जोड दिएका छन् । शनिवार तनहुँ पर्यटन प्रबद्र्धन समाजको १० औं बार्षिक साधारणसभामा वक्ताहरुले
आगामी भ्यालेन्टाइन डे (फेब्रुअरी १४) को अवसरमा ल्याण्डमार्क होटल एण्ड रिसोर्टसले ‘भ्यालेन्टाइन डे’ अफर सार्वजनिक गरेको छ । आगामी २ फागुनमा पर्ने भ्यालेन्टाइन डे का लागि आफ्ना ग्राहकहरुका
पर्यटन व्यवसायी तथा हिँडे पुगिन्छ पुस्तकका लेखक राजन सिम्खडालाई अमेरिकाको सिटि अफ जर्सी सिटिले आफ्नो योगदान, सोच र प्रतिबद्धताका कारण समाजमा महत्वपूर्ण प्रभाव पारेको भन्दै सम्मान प्रदान गरेको छ
संसद्मा हवाई सेवा र नागरिक उड्डयन प्राधिकरणसम्बन्धी छुट्टाछुट्टै विधेयक दर्ता भएको छ । संघीय संसद् सचिवालयमा नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक–२०८१ र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ आइतबार दर्ता भएको हो ।
आइएमई ग्रुपको लगानीमा बागलुङ बजारमा इला कम्फर्ट लक्जरी होटल सञ्चालनमा आएको छ । बागलुङमा सञ्चालनमा आएको इला कम्फोर्ट होटलमा काली गण्डकी कोरिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ ।
लामो समयदेखि कर्जाको भारमा रहेको नेपाल वायूसेवा निगमले सरकारी स्वामित्वको ऋण दाता नागरिक लगानी कोष र सञ्चय कोषलाई ५३ करोड ९ लाख रूपैयाँ कर्जा किस्ता र ब्याज भुक्तानी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको सुकेधारास्थित पाँचतारे मक्र्योर होटलको उद्घाटन गरेका छन् । बुधबार प्रधानमन्त्री ओलीले होटलको चाबी व्यवस्थापन समुहलाई हस्तान्तरण गर्दै सो होटलको उद्घाटन गरेका हुन् ।
नेपाल वायुसेवा निगममा देखिएका समस्या अध्ययन गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालको संयोजकत्वमा उपसमिति गठन गरेको छ ।
नेपालको पर्यटन व्यवसायको अग्रणी संस्था सुमेघ ग्रुपले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा ‘सुमेघ होलिडेज’ को शुभारम्भ गर्दै पर्यटन उद्योगमा नयाँ अध्याय प्रारम्भ गरेको जनाएको छ ।
पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । तीमध्ये दक्षिण एसियाली मुलुकका १ लाख ३२ हजार ९४ र अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेकोमा चिन्ता व्यक्त गर्दै सम्बन्धीत सरोकारवालाहरुलाई पर्यटन क्षेत्रको सम्भावनालाई सक्दो उपयोग गर्न आग्रह गरेका छन् ।
सन् २०२४ मा ११ लाख ४७ हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । मंगलबार बिहानसम्मको तथ्यांक अनुसार सन् २०२४ को अन्तिम दिन बिहानसम्मको तथ्यांक अनुसार कुल ११ लाख ४७ हजार २४ जना पर्यटन हवाई मार्गबाट नेपाल भित्रिएका छन् ।