logo

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडान भर्न स्थानीय जनप्रतिनिधी र व्यवसायीको माग

    227   पटक पढिएको


२६ साउन/अर्थ र व्यापार – बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडान सञ्चालन गर्न ध्यानाकर्षण गराएका हुन् । नेपालगंज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
उनले दिल्लीमा सिधा हवाई उडानले नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्ने बताए ।
‘नेपालगंज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेको छ । त्यसैले अब नेपालगंज–नयाँ दिल्ली सिधा हवाई सेवा सञ्चालन गर्न आवश्यक छ । दिल्लीमा सिधा हवाई उडानको व्यवस्था हुँदा नेपालगंज क्षेत्रमा आर्थिक गतिविधि बढ्छ । पश्चिम नेपालवासीले सुविधा पाउनेछन्,’ उनले भने ।
प्रधानमन्त्री ओलीले नेपालगंज–नयाँ दिल्ली सिधा हवाई उडान संचालनका लागि आफू सकारात्मक रहेको भन्दै यस विषयमा भारत सरकारसँग छलफल गर्ने आश्वासन दिए ।


प्रधानमन्त्री ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि एवं उद्योगी–व्यवसायीबाट नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक सेवा सञ्चालनका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।