logo

सरकार भ्याट छुट दिन सक्ने अवस्थामा छैन: अर्थमन्त्री

    144   पटक पढिएको


१५ भदौ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर्राष्ट्रिय हवाई टिकटमा भ्याट छुट दिन नसक्ने बताएका छन् । उनले काठमाडौंमा सम्पन्न ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को ४७ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै यस्तो बताएका हुन् । अर्थमन्त्री पौडेलले अहिलेको अवस्थामा सरकार भ्याट छुट दिन सक्ने क्षेमतामा नरहेको बताए ।
उनले पर्यटन व्यवसायीलाई भ्याट छुटको माग छोडेर व्यवसाय विस्तारका योजना ल्याउन आग्रह गरे। ‘राजस्वबाट साधारण खर्च धान्न नै अहिले मुस्किल छ । त्यसैले सरकारले हवाई टिकटमा भ्याट छुट दिन सक्दैन । अहिले भ्याट छुटभन्दा पनि व्यवसाय प्रवर्धनका कार्यक्रम ल्याउनुहोस्। सरकार आवश्यक सहजीकरण गर्न तयार छ,’ उनले भने।
उनले सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको बताए ।
तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले दुई वर्षअघि हवाई टिकटमा भ्याट लगाएका थिए। भ्याटका कारण टिकट महँगिंदा विदेशी पर्यटकहरु नेपालको साटो अन्य गन्तव्यमा जान थालेको व्यवसायीहरुले बताउँदै आएका छन् ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि नीतिगत सुधार र पूर्वाधार विकासमा सरकारले जोड दिनुपर्ने बताए । उनले सरकारले व्यावसायीलाई सहज वातावरण बनाउन नीतिगत सुधार र पूर्वाधार विकासमा ध्यान दिन आवश्यक भएको बताए ।
सो अवसरमा पर्वतीय पर्यटन विकासमा योगदान पु¥याउने विभिन्न संघ संस्था र सञ्चारकर्मीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाहरूका प्रतिनिधीहरू पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।