logo

नेपाललाई बौद्ध, अध्यात्म र शान्तिपर्यटन विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिन्छ : पर्यटनमन्त्री

    319   पटक पढिएको


९ जेठ/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गर्न सकिने बताएका छन् ।
शुक्रबारदेखि काठमाडौंको सोल्टी होटलमा सुरु भएको ‘तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) २०२५’ उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।
मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने । उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ का रूपमा विकास गर्ने बताए ।
‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति शहरका रूपमा विकास गर्न सरकार प्रतिबद्ध छ । लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोट लगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ,’ मन्त्री पाण्डेले भने ।
बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको दाबी गर्दै मन्त्री पाण्डेले युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरे ।
यसैगरी, तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको जानकारी गराउँदै मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्रामा रहेकाले विश्व शान्तिको चाँहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।
पर्यटनमन्त्री पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको केन्द्र बनाउन प्रतिबद्धता व्यक्त गरे । उनले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ति शहर’ बनाउने र बौद्ध पर्यटनलाई प्रर्वधन गर्ने योजना सार्वजनिक गरे ।
उद्घाटन कार्यक्रममा मन्त्री पाण्डेले नाट्टाका पूर्व अध्यक्षहरुलाई सम्मान गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहकार्यमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र नेपाल पर्यटन बोर्डको आयोजनामा सुरु भएको तीनदिने मार्ट आइतबारसम्म चल्ने छ ।
ट्राभल व्यवसायीहरुको छाता संस्था नाट्टाद्धारा आयोजित सो मार्टमा विभिन्न होटल, ट्राभल, ट्रेकिङ कम्पनीहरु एवं पर्यटन सेवाका कम्पनीहरु र गाडीको स्टल रहेका छन । सो मार्ट अवधीभर विभिन्न सेसनमा छलफल हुने आयोजक संस्था नाट्टाले जनाएको छ । नाट्टाका अध्यक्ष कुमारमणी थपलियाले यो कार्यक्रम आयोजना गरिनुको उदेस्यबारे जानकारी गराएका थिए ।
सो मार्टमा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका प्रतिनिधी तथा सरोकारवालाहरुको सहभागीता थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।