logo

‘आईटीई हङकङ–२०२५’ मा नेपालको सहभागिता, जीवन्त पर्यटन प्रदर्शनका साथ नेपाली पर्यटन प्रर्वधन

    456   पटक पढिएको


२९ जेठ/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्डले अन्तर्राष्ट्रिय यात्रा प्रदर्शनी (आईटीई) हङकङ २०२५ मा सहभागीहरूलाई आकर्षित गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, हिमाली दृश्यहरू, र रोमाञ्चक साहसिक गतिविधिहरू प्रदर्शन गरिरहेको छ ।
१२–१५ जुन २०२५ मा हङकङ कन्भेन्सन र प्रदर्शनी केन्द्रमा आयोजना भइरहेको यस प्रदर्शनीमा, नेपालको प्याभिलियन बूथ भी१०१, हल १इमा रणनीतिक रूपमा अवस्थित छ, जसले हङकङ र क्षेत्रीय पर्यटन बजारमा बजारिकरण र प्रवद्र्धन गर्ने लक्ष्य राखेको बोर्डले जनाएको छ ।
पर्यटन अपरेटर र एजेण्टहरुसँगको विशेष भेलामा बोर्डका वरिष्ठ प्रबन्धक उदय भट्टराईले गन्तव्य प्रस्तुति दिए । जसमा विश्वव्यापी पर्यटन व्यापार समुदायलाई नेपालसँग जोडिन र यसको अतुलनीय पर्यटन सम्भावनाहरू अवलोकन गर्न आह्वान गरे ।
नेपाली प्याभिलियनले प्राचीन जीवन्त सम्पदा, भव्य हिमाली शिखरहरू, दुर्लभ वन्यजन्तु, जीवन्त सांस्कृतिक अनुभवहरू, र साहसिक गतिविधिहरुलाई आकर्षक रुपमा प्रस्तुत गरेकोछ ।
नेपाली प्याभिलियनमा हङकङका लागि महावाणिज्यदूत डा. बिन्देश्वर प्रसाद लेखकले भ्रमण गरेका छन् । उनले नेपाल पर्यटन बोर्ड र सहभागी कम्पनीहरूको प्रयासको प्रशंसा गर्दै आईटीई २०२५ मा प्रचारका अवसरहरूलाई अधिकतम उपयोग गर्न प्रोत्साहन दिए ।
नेपाल प्याभिलियनमा हिमालयन क्लब टुर्स एण्ड ट्राभल, पर्ल हलिडेज प्रा.लि.,अल्पाइन क्लब अफ हिमालयन, कनेक्ट माइस प्रा.ि,नर्थ नेपाल ट्राभल एण्ड ट्रेक प्रालि, सतुरी एड्भेन्चर्स प्रालि, जुगल हलिडेज प्रालि र क्यान्टन इन्टरनेशनल ट्राभल सर्भिस नेपाल प्रालि सहभागी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।