logo

पर्यटन बोर्ड र टिकटकबीच सम्झौता

    996   पटक पढिएको



४ भदौ/अर्थ र व्यापार – नेपाल पर्यटन बोर्ड र टिकटकबीच नेपाल प्रवर्धन गर्ने सम्बन्धमा सहकार्य सम्झौता भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको उपस्थितिमा सम्झौता भएको हो । सम्झौता अनुसार बोर्ड र टिकटकले स्वदेशी र विदेशी ख्यातिप्राप्त ट्राभल क्रिएटरसँग सहकार्य गर्नेछन् । जस अनुसार उनीहरूलाई नेपाल भ्रमण गर्न निम्त्याइने छ ।
उनीहरूले छोटा र आकर्षक भिडियो बनाएर त्यसमार्फत संसारभरि रहेका दर्शकसामु नेपालका सुन्दर, प्राकृतिक एवं सांस्कृतिक सम्पदा प्रस्तुत गर्ने भएका छन् । अभियान अवधिभरि क्रिएटरहरूले टिकटकबाट यस्ता भिडियो सार्वजनिक गर्ने छन् ।
बोर्डले नेपाल आउने क्रिएटरहरूको काठमाडौं र काठमाडौं बाहिर रहँदाको यात्रा र आतिथ्य सेवा प्रदान गर्ने भएको छ । यस्ता अभियानमा आमन्त्रण गर्ने कामसमेत बोर्डले गर्ने छ । जसमा सार्वजनिक व्यक्ति, कलाकार र सांस्कृतिक दूतसमेत समावेश हुने छन् ।
स्थानीय स्तरमा अभियानलाई थप प्रभावकारी बनाउन टिकटकले तीन वटा क्षमता विकासका काम समेत गर्ने छ । जसमा स्वदेशी कन्टेन्ट क्रिएटरलाई डिजिटल स्टोरी टेलिङ, दर्शक वृद्धि र ब्रान्ड सहकार्यबारे व्यावहारिक सिप प्रदान गरिने छ ।
यसमा नेपालका साना र मद्यम उद्यमीले पनि आफ्नो सेवा टिकटक मार्फत दर्शकसामु प्रस्तुत गर्न सक्ने छन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले यो साझेदारीले नेपाललाई विश्वसामु चिनाउन मद्दत पुग्ने बताए ।
टिकटकका दक्षिण एसिया पब्लिक पोलिसी तथा गभर्र्नेन्स रिलेसन प्रमुख फर्दोस मोत्ताकिनले नेपालमा संसारकै अद्भुत प्राकृतिक सुन्दरता र सांस्कृतिक अनुभव मिल्ने भन्दै बोर्डसँगको सहकार्यका लागि उत्साहित रहेको बताए । यो सहकार्य सन् २०२५ भरि चल्ने उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।