logo

निगम व्यवस्थापनलाई परिणाममुखी काम गर्न पर्यटनमन्त्री पाण्डेको निर्देशन

    398   पटक पढिएको


१७ असार/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताएका छन् ।
मंगलबार निगमको ६७ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् । निगम अहिलेकै अवस्थाबाट संकटमुक्त हुन नसक्ने भन्दै उनले सुधारको आवश्यकता औंल्याए ।
‘ऐतिहासिक महत्व बोकेको र राष्ट्रको पर्यटन क्षेत्रको मेरुदण्डको रुपमा रहेको निगमको सुदृढीकरण आजको अनिवार्य आवश्यकता हो,’ उनले भने।
निगमले हाल दुईवटा वाइडबडी र दुईवटा न्यारोबडी विमानमार्फत भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, क्वालालाम्पुर, बैंकक, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटस (दुबई) र साउदी अरबको रियादमा उडान भर्दै आएको छ ।
निगमसँग आन्तरिक उडानका लागि दुईवटा ट्विनअटर विमान छन्। सो विमानको उडानबाट निगमले नाफा आर्जन गर्न सकेको छैन । जसका कारण निगमको ऋणको भार बढेको बढ्यै छ । निगमले विमान किन्न लिएको ३४ अर्ब ऋण बढेर ५२ अर्ब नाघिसकेको छ ।
मन्त्री पाण्डेले सरकार निगमको साथमा रहेको भन्दै व्यवस्थापनलाई परिणाममुखी काम गर्न निर्देशन दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।