logo

नाट्टा निर्वाचनका लागी प्रदीप आचार्यको उम्मेदवारी घोषणा

    538   पटक पढिएको

२२ साउन / अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आगामी साउन २९ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी प्रदीप आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । ड्युक नेपाल एडभेन्चरका प्रबन्ध निर्देशक आचार्यले पर्यटन क्षेत्रमा नीतिगत, प्राज्ञिक तथा व्यावसायिक अनुभव हाँसिल गरेका छन् ।
विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहँदै आएका आचार्यले पर्यटन व्यवसायीको हकहित संरक्षण, संस्थागत सुदृढीकरण तथा पर्यटन क्षेत्रको आधुनिकीकरणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेको वताए ।

आचार्यले त्रिभुवन विश्वविद्यालयबाट ट्राभल एण्ड टुरिजम म्यानेजमेन्ट (एमटीटीएम) र बिजनेस स्टडिजमा स्नातकोत्तर तथा नेपाल ल क्याम्पसबाट कानुन (एलएलबी) अध्ययन गरेका छन् ।

उनी राष्ट्रिय ताल संरक्षण विकास समितिका पूर्व कार्यकारी सदस्य समेत हुन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पर्यटन नीतिसम्बन्धी विषयमा सक्रिय सहभागिता जनाउँदै आएका छन् । पर्यटन, सुशासन र उद्यमशीलतासम्बन्धी विश्लेषणात्मक लेख–रचनामार्फत पनि उनले आफ्नो धारणा सार्वजनिक गर्दै आएका छन् ।

आचार्यले आफ्नो उम्मेदवारीमार्फत पर्यटन व्यवसायीहरूको हकहित संरक्षण, डिजिटल पर्यटनको प्रवद्र्धन, नेपालको पर्यटन नीतिमा समयानुकूल सुधार, अन्तर्राष्ट्रिय बजारीकरणको विस्तार तथा नयाँ प्रविधि, अनुसन्धान र युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।