logo

नियमित अन्तर्राष्ट्रिय उडानको माग गर्दै भैरहवा विमानस्थलको गेटमा धर्ना

अन्तर्राष्ट्रिय उडान नहुँदा करिब १ खर्ब रुपैयाँको लगानी जोखिममा परेको दाबी

    376   पटक पढिएको




२४ वैशाख/अर्थ र व्यापार – भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीले बुधबार विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।
बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा निजी क्षेत्रका विभिन्न एक दर्जन भन्दाबढी संघ संस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा आएर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।
नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’
यसैगरी, चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने बताए ।
नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको सो विमानस्थल २ जेठ २०७९ मा उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।
व्यावसायिक संघ–संस्थाहरूले प्रधानमन्त्री, विभागीय मन्त्री, प्रमुख दलका नेताहरूलाई ज्ञापनपत्र बुझाउनुकासाथै सडक प्रदर्शन गरेपनि अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन हुन सकेको छैन । गत वर्ष कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि आंशिक बन्द भएपछि जजिरा एयरवेज, फ्लाई दुबई, थाई एयर एसिया र नेपाल एयरलाइन्सले एक महिना जति उडान गरेका थिए । तर, भिजिबिलिटीको समस्या देखाउँदै उडान स्थगित गरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आरएनपीएआर प्रविधि लागु गरेपछि करिब एक महिना अन्तर्राष्ट्रिय उडान पुनः सुरु भए पनि त्रिभुवन विमानस्थल मर्मत सकिएपछि चैत १६ देखि भैरहवाबाट पुनः उडान बन्द भएको छ ।
यता, व्यवसायीहरू भने पटक–पटकको आन्दोलनबाट पनि विमानस्थल सञ्चालन नहुँदा आजित बनेका छन् । उनीहरुले विमानस्थलबाट तत्काल अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने, अत्यावश्यक सरकारी कार्यालय स्थापना गरिनुपर्ने, विमानस्थल नचल्दा मर्कामा परेका व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी, सबै एयरलाइन्सको टिकट काउन्टर विमानस्थलमै हुनुपर्ने, अनलाइन ई–भिसा र अन्तर्राष्ट्रिय डिजिटल पेमेन्ट प्रणाली लागु गर्नुपर्ने र बुद्धमार्गी देशहरूबाट सिधा उडानको व्यवस्था गर्नुपर्ने माग पनि उनीहरुले राखेका छन् ।
३० अर्ब ९१ करोडको सुरुवाती सम्झौता अनुसार सुरु भएको परियोजना निर्माण अवधि लम्बिँदा मूल्य अभिवृद्धि करसहित ३५ अर्ब ६६ करोड पुगेको थियो । त्यसबाहेक, विमानस्थलको लागि २३ अर्ब रुपैयाँ जग्गा अधिग्रहणमा खर्च गरिएको थियो ।
चेम्बरका पूर्वअध्यक्ष नारायणप्रसाद भण्डारीले सरकारले काठमाडौं केन्द्रित ठूला व्यापारी र बिचौलियाको दबाबमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बेवास्ता गरेको आरोप लगाए ।
हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा करिब १ खर्ब रुपैयाँको पर्यटनसम्बन्धी लगानी जोखिममा परेको व्यवसायीहरूको दाबी छ । व्यवसायीहरुले ऋणको किस्ता तिर्न नसक्दा निद्रा हराएको गुनासो गरेका छन् ।
भैरहवाका स्थानीय होटल व्यवसायीहरुले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आशमा २२ करोड रुपैयाँ लगानीमा स्वीट पूर्णिमा होटल निर्माण सुरु गरे पनि बैंकले लगानी रोकेपछि तीन वर्षदेखि काम रोकिएको गुनासो गरे । ‘अहिले त्यो भवन भूतबंगला जस्तो बनेको उनीहरुले बताएका छन् । उनीहरुका अनुसार हाल बैंकको किस्ता तिर्न नसक्दा व्यवसायीको निद्रा हराएको छ ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि म्यानपावर तथा स्वास्थ्य परीक्षण कार्यालयको अभावले एयरलाइन्स कम्पनीलाई यात्रु नपाएको बहाना दिने बाटो खुलेको बताए ।
व्यवसायीहरुका अनुसार भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सेवा सुरु गर्न दबाब दिने उद्देश्यले हालै अनिलकुमार ज्ञवालीको संयोजकत्वमा ‘संघर्ष समिति’ समेत गठन गरिएको छ । समितिमा दुई दर्जनभन्दा बढी स्थानीय संस्था आवद्ध छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।