logo

फेक रेस्क्युको फाइल अगाडी बढ्यो, छिट्टै निष्कर्षमा पुर्याउने सीआईबीको तयारी

    1252   पटक पढिएको

८पुष/अर्थ र व्यापार- यसअघि राजनीतिक दबाबमा रोकिएको फेक रेस्क्युको अनुसन्धान प्रक्रिया अगाडी बढेको छ । नेपालका केहि ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, हस्पिटल र हेलिकोप्टर कम्पनीहरुको मिलेमतोमा नेपालमा फेक रेस्क्यु मौलाएको भन्दै विभिन्न मुलुकका राजदुत र कुटनितिक नियोगका प्रमुखहरुले तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई वताएपछि मन्त्री अधिकारीले पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा छानविन समिति गठन गरेका थिए । उपाध्याय हाल अर्थ मन्त्रालयका सचिव छन् ।

उपाध्याय नेतृत्वको समितिले छानविन सम्पन्न गरि प्रतिवेदन बुझाएपनि त्यतिवेला केहि व्यवसायिक घरानाका व्यक्तिहरुले राजनीतिक दलका प्रमुखहरुलाई दबाब दिएर त्यो छानविन प्रक्रिया रोकेका थिए र कसैमाथि पनि कार्वाही भएको थिएन ।

सरकारले गठन गरेको समितिले २२ वटा ट्रेकिङ कम्पनी, ४ वटा रेस्क्यु कम्पनी, चार वटा हस्पिटल र तीनवटा हेलिकप्टर कम्पनीविरूद्ध कारबाही गर्न सिफारिस समेत गरेको थियो । सीआईबीले त्यसपश्चात परेका उजुरीहरु समेतलाई अनुसन्धान अगाडी बढाएको स्रोतले जनाएको छ ।

राजनीतिक दबाबमा रोकिएको फेक रेस्क्यु सम्बन्धि फाईल जेन्जी आन्दोलन पछि नयाँ सरकार बनेपश्चात नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले अगाडी बढाएको छ । पदयात्रा र हिमाल आरोहणमा जाने पर्यटकको उद्धारका नाममा केहि ट्रेकिङ कम्पनी, रेस्क्यु कम्पनी, हस्पिटल र हेलिकोप्टर कम्पनीहरुको मिलेमतामो मौलाएको फेक रेस्क्यु धन्दाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान अगाडी बढाएको सिआईबी स्रोतले अर्थ र व्यापारलाई वतायो ।

पदयात्रा र आरोहणमा गएका पर्यटकलाई जानाजान विरामी बनाउने, हेलिकोप्टर वाट तत्काल उद्धार गर्नुपर्छ भनेर अत्याउने, हस्पिटलमा ल्याएर अस्वभाविक बिलहरु बनाउने, एउटै हेलिकोप्टरमा धेरै जना ल्याउने तर बिल फरक फरकलाई पुरै जारी गर्ने र बीमा रकम हत्याउने धन्दा केहि व्यवसायीहरुले लामो समय देखि गर्दै आएका थिए ।

फेक रेस्क्युको फाईल त्यतिबेला नै सीआईबीमा पुगे पनि अनुसन्धान प्रक्रिया अगाडी बढ्न सकेको थिएन । त्यसपछि पनि फेक रेस्क्युका घटना नरोकिएको र काठमाडौं महानगरपालिका,पर्यटन मन्त्रालयदेखि अन्य निकायमा पनि विभिन्न उजुरी परेको थियो । त्यसबाहेक विभिन्न विदेशी बीमा कम्पनीहरुले आफ्ना राजदुतावास मार्फत कतिपय हस्पिटल, ट्रेकिङ कम्पनी र रेस्क्यु कम्पनीहरुले अस्वभाविक बिल जारी गरेको भन्दै उजुरी र निवेदन समेत दिएका थिए ।

सीआईबी स्रोतका अनुसार अनुसन्धान टोलिले कतिपय कम्पनीहरुवाट आवश्यक कागजात समेत संकलन गरिसकेको छ । यसअगाडी पनि अनुसन्धान प्रक्रिया सुरु हुने वित्तिकै सो धन्दामा सक्रिय व्यक्तिहरु भागेर विदेश पुगेको हुनाले यसपटक सीआईबीले भित्र–भित्रै अनुसन्धान गरेको र छिट्टै निष्कर्षमा पुग्ने अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।

पर्यटकलाई अनावश्यक उद्धार गराएर ट्रेकिङ र रेस्क्यु कम्पनीले बीमा कम्पनीबाट ठूलो रकम ठग्ने गरेको निष्कर्ष समितिले निकालेको थियो । समितिले सात सय पृष्ठ लामो प्रतिवेदन तयार गरेर नक्कली उद्धार कार्यमा संलग्न कम्पनी तथा समूहहरू विरुद्ध संगठित अपराध र ठगीसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो । यस्तो धन्दामा संलग्न कतिपयले त ती बीमा कम्पनीहरुमार्फत प्राप्त गरेको रकम नेपाल समेत नल्याएको र बिदेशमा लगानी गरेको देखिएको समेत अनुसन्धानमा संलग्न एक अधिकृतले वताए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई २०७५ साउन १४ गते बुझाइएको प्रतिवेदनमा पर्यटक उद्धारको जिम्मा नेपाल प्रहरीलाई दिइनुपर्ने र समितिले गरेको अध्ययन अनुसार अनुसन्धानको जिम्मा सीआईबीलाई दिइनुपर्ने सिफारिस गरिएको थियो । त्यसपछि, सीआईबीले नेपाल नागरिक उडड्यन प्राधिकरणसँग हेलिकप्टर कम्पनीहरूले सन् २०१५ देखि २०१८ सम्म गरेको उद्धारको तथ्यांक समेत लिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।