विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि काठमाडौं फर्किएको बुद्ध एयरको विमान त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण भएको छ ।सुरक्षित अवतरण गराउन काठमाडौंको आकाशमा झन्डै १० फन्का लगाएको सो विमान केहीबेर अघि अवतरण भएको हो । विमान सामान्य अवतरण भएकाले चालक दलका सदस्य र सबै यात्रुहरू सकुशल रहेको बुद्ध एयरले जानकारी दिएको छ ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या निरन्तर घट्दै जनाथालेसँगै अहिले सरकारले विभिन्न मुलुकबाट नेपाल भित्रिने विदेशी पर्यटककालागि अनअराइभल भिसा दिने कार्य खुला गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै अनअराइभल भिसा पाउने व्यवस्था गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री नियुुक्त भएका छन् । राजन पोखरेलले प्राधिकरणको महानिर्देशक पदबाट राजीनामा दिएपछि उपमहानिर्देशक क्षेत्रीलाई बरियताको आधारमा निमित्त महानिर्देशक बनाइएको हो ।
नेपाल उद्योग परिसंघले कोभिड–१९ विरुद्धको भ्याक्सिनको पूर्ण डोज प्राप्त गरेका र पीसीआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकलाई क्वारेन्टीन बस्नुपर्ने व्यवस्था हटाउनुपर्ने माग गरेको छ । परिसंघले नेपालमा पर्यटन आवागमनमा सहजता आवश्यक रहेको भन्दै यसका लागि खोपको पूर्ण मात्रा लगाएका र पीसीआर नेगेटिभ रिपोर्ट भएका व्यक्तिलाई क्वारेन्टीन बस्नु नपर्ने व्यवस्था गर्न जोड दिएको हो ।
कोरोनाले बन्द अन्नपूर्ण आधार शिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ । कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो ।
पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरुले नेपाल सुरक्षित रहेको सम्बन्धमा सरकारले औपचारिक ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने माग राखेका छन् । अधिकांश पर्यटन व्यवसायी, कर्मचारी र मुख्य गन्तव्यका स्थानीयले कोरोनाविरुद्धको खोपको पूरा मात्रा लगाइसकेकाले यसबारे सकारात्मक सन्देश फैलाउन ‘ट्राभल एडभाइजरी’ जारी गर्नुपर्ने उनीहरुको माग छ । पर्यटन उद्योगका प्रतिनिधिमूलक संस्थाका प्रमुखहरुको भेलाले यस्तो माग गर्ने निर्णय गरेको हो ।
मुलुकको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले अबदेखि भारतको नयाँ दिल्ली दैनिक एक उडान सञ्चालन भर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बरकालागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिका अनुसार अब निगमले काठमाडौँ–नयाँ दिल्ली गन्तव्यमा सातामा १० वटा उडान भर्ने भएको हो ।
सन् २०२१ को आठ महिनामा ६६ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२१ को अंग्रेजी वर्षको जनवरीदेखि
नेपाल चेम्बर अफ कमर्सको पर्यटन प्रवर्द्धन तथा संस्कृति समितिको सभापतिमा अर्जुन शर्मा चयन भएका छन् ।
बुद्ध एयरले आगामी साउन ३१ गतेदेखि भरतपुर–भैरहवा उडान सुरू गर्ने भएको छ । कम्पनीले साउन ३१ गतेदेखि भरतपुर–भैरहवा सातामा ३ उडान गर्ने भएको हो ।
सन् २०२१ को जुलाई महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन हजारको हाराहारीमा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।
मेरियट इन्टरनेसनलले काठमाडौंमा ’मोक्सी होटल’ खोल्ने भएको छ ।
मेरियट इन्टरनेसनलले काठमाडौंमा ’मोक्सी होटल’ खोल्ने भएको छ ।
मेरियट इन्टरनेसनलले काठमाडौंमा ’मोक्सी होटल’ खोल्ने भएको छ ।
ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले सरकारी निकायले संस्थाको हिसाब किताबबारे जानकारी लिनु स्वभाविक रहेको बताएका छन् ।
पोखरा–ढाका सीधा हवाई उडानबारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीबीच छलफल भएको छ ।
पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीका लागि खोपको सुनिश्चिता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् ।
निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले कोभिडविरुद्धको दुवै चरणको खोप लगाएका यात्रुलाई आन्तरिक उडानमा १०% छुट दिने भएको छ ।
कोभिड– १९ महामारीका कारण प्रभावित पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटन संबद्ध विज्ञहरूले पर्यटन बोर्डलाई विभिन्न सुझाव दिएका छन् ।
फोर्ब्स म्यागजिनले सगरमाथा आधार शिविरलाई यसवर्ष संसारका उत्कृष्ट घुम्नै पर्ने ५० गन्तव्यहरुको सुचीमा तेस्रा स्थानमा राखेको छ ।
तारागाउँ रिजेन्सी होटल्स अर्थात हायात रिजेन्सी कोभिडका कारण लगातार नौ महिनादेखि नोक्सानीमा छ । कम्पनीले सोमबार चालु वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै
होटल संघ नेपाल (हान) ले आर्थिक वर्ष २०७८÷७९ को बजेटबाट आफ्ना केही मागहरु सम्बोधन गरेको भन्दै बजेट स्वागतयोग्य रहेको जनाएको जनाएको छ । सरकारले आइसोलेशन
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सरकारले सरकारी कर्मचारीहरुलाई १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ । अथमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष २०७८/ ७९ को
एशोसिएशन अफ कैलाश टुर अपरेटर्स नेपाल ( एक्टोन ) ले २०७६ साल श्रावण ११ गते कैलाश यात्राबाट फर्कने क्रममा रसुवामा दुर्घटनामा परी