logo

विमानको यान्त्रिक अवस्था अध्ययन गर्न सरकारले बनायो समिति

    1204   पटक पढिएको

१४ असोज / अर्थ र व्यापार– आकासमा उडेको विमानमा पटकपटक समस्या देखिएर हवाई यात्रुले अनावश्यक सास्ती भोग्नुपरेको र दुर्घटना हुन सक्ने जोखिम बढ्न थालेपछि सरकारले मुलुकमा सञ्चालनमा रहेका विभिन्न कम्पनीका विमानको भौतिक, यान्त्रिकलगायतको अवस्था अध्ययन गर्न समिति गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा गठित समितिले अब नेपालमा सञ्चालन हुने सबै वायुयानको भौतिक र यान्त्रिक अवस्थाको अध्ययन, अनुसन्धान गरी सुझाव दिने मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।
सरकारद्वारा गठित यस समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्यसचिव रहेका छन् ।
यो समितिले (अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)बाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ । यसैगरी, वायुयान चालक दलका सदस्यसम्बन्धी मापदण्ड पालना भएको वा नभएको बारेमा पनि समितिले परीक्षण गर्नेछ । त्यसैगरी, नियमित उडान सञ्चालन गर्नुभन्दा अघि र विमान पार्किङमा राखिँदै आएको अवस्थाको बारेमा पनि यस समितिले जानकारी लिने उनले बताए । 
नेपाल नागरिक उड्डयन प्राधिकरणले पालना गर्नुपर्ने सुरक्षासम्बन्धी कामको अध्ययन गरी हवाई सुरक्षाको गुणस्तर बढाउन समितिले सुझाव पनि दिने मन्त्रालयको भनाइ छ । यो कामका लागि समितिलाई आगामी तीन महिनाको समय दिइएको छ । सरकारले यस्तो परीक्षणपछि मापदण्ड पालना नभएको पाइए त्यस्तो विमान तत्काल ग्राउन्डेड गर्नेछ । मापदण्ड पूरा गरेपछि मात्र चलाउन पाइने गरी विमानहरू ग्राउन्डेड गरिने मन्त्रालयको भनाइ छ ।
हाल नेपालमा सञ्चालित आन्तरिक वायुसेवा कम्पनीका हवाईजहाज र हेलिकोप्टरमा पटकपटक यस्तो समस्या देखिएका भन्दै सरकारले वायुयानहरूको अध्ययन गर्न समिति बनाएको हो ।
गत सोमबार मात्र बुद्ध एयरको दुईवटा विमानको ल्याडिङ गियरसँग सम्बन्धित समस्या देखिएका कारण काठमाडौंबाट विराटनगर विमानस्थलका लागि उडेको विमान त्यहाँ पुगेर पनि पुनः काठमाडौं नै फर्काइएर आपतकालीन अवतरण गर्नुपरेको थियो थियो । तर, बुद्ध एरका पाइलटको कुशलताले मात्र सो विमानलाई सकुशल अवतरण गराइएको थियो भने ठूलो मानवीय क्षति हुनबाट बचेको थियो । 
अब सरकारले गठन गरेको यस्तो समितिले मुलुकको हवाई क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन थप सहयोग पुग्ने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।