logo

सेवा विस्तारमा आक्रामक फड्को मार्दै नेपाल वायुसेवा निगम 

छिटै थप १० गन्तब्यमा अन्तर्राष्ट्रिय उडान भर्ने, ४ विदेशी वायुसेवा कम्पनीसँग सहकार्यको सम्झौता 

    1032   पटक पढिएको

२५ कात्तिक / अर्थ र व्यापार – पछिल्लो समय आफ्नो अन्तर्राष्ट्रिय हवाई उडान सेवा विस्तारमा आक्रामक फड्को मार्दै अघि बढ्ने लक्ष्य लिएको मुलुकको राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले विभिन्न १० अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने भएको छ । 
संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रि प्रेमबहादुर आले र निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको सुझाव र सक्रियतामा निगमले अब छिटै संसारका विभिन्न १० वटा नयाँ गन्तब्यहरुमा उडान भर्ने निर्णय गरेको हो ।
निगमका अनुसार आगामी केहि दिनमा हाल काठमाडौ उडान भरिरहेका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु थाई एयरवेजसँगको सहकार्यमा काठमाडौं–बैंकक–सियोल देखि काठमाडौं–बैंकक–सिड्नीसम्मको उडान भर्ने भएको हो । निगमले थाई एयरका साथै अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरु अल निप्पोन एयरलाईसन्स, कुवेत एयरलाईसन्स र इमिरेट्स एयरलाईन्ससँग सहकार्य गरि आफुनो अन्तर्राष्ट्रिय उडान विस्तारका लागि सम्झौता गरेको जानकारी दिएको छ । 
निगमका प्रवक्ता करिश्मा श्रेष्ठले यस्तो जानकारी गराएकी हुन । उनले निगमले गरेको यस्तो निणर्यबाट अब एक अर्का वायुसेवाहरुको गन्तब्य रुटमा यात्रा गर्ने हवाई यात्रुहरुलाई सेवा प्रदान गर्न थप सहज हुने अपेक्षा गरिएको बताईन । 
निगमले हालै सम्पन्न गरेका सम्झौताहरुबाट यूरोपका विभिन्न शहरहरु, अष्टे«लियाको सिड्नी, दक्षिण कोरियाको सिओल, कुवेत र वहराइनमा यस प्रकारको सेवा प्रदान गर्न सकिने उनको भनाई छ । उनले सकेसम्म कम ट्रान्जिट समय प्रयोग गरी भएको यस्तो सम्झौता मार्फत अब काठमाडौबाट विभिन्न गन्तब्यमा यात्रा यर्ने यात्रुलाई थप सहजता हुने बताइन् ।  
यसले आगामी दिनमा निगमलाई थप आयआर्जन हुनकोसाथै अन्तर्राष्ट्रिय बजारमा निगमको शाख अभिवृद्धि हुने दावी गर्दै निगमकी प्रवक्ता श्रेष्ठले भनिन, ‘ निगमको केन्द्रिय कार्यालय तथा ट्राभल एजेन्सीहरु मार्फत अब यस प्रकारका टिकटहरु सहजै प्राप्त गर्न सकिने छ । ’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।