logo

पाँच अर्ब लगानीको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस’ भोलिदेखि सञ्चालनमा आउने 

    1198   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार – मुलुकको व्यवसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौ ’ भोली सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । 
अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो । विश्वभर हायातका ३८५ स्थानमा यस्ता चेन होटलहरु रहेका छन् । काठमाडौको सोल्टीमोड ताहाचलमा निर्मित हायात प्यालेस काठमाडौंले शनिबार पत्रकार सम्मेलन गरी सोमबारबाट औपचारिक रुपमा सञ्चालन गर्न लागिएको जानकारि गराएको हो । 
सुरुमा तीन अर्ब ५० करोड रुपैयाँमा निर्माण गर्ने भनिए पनि कोरोना महामारिका कारण त्यसको लागत बढेर अहिले झण्डै पाँच अर्ब रुपैयाँ लगानी पुगेको बताईएको छ । सो होटलका अध्यक्ष शक्ति गोल्यानले यस्तो बताएका हुन । 
उनका अनुसार यो होटल यसअघि नै सफ्ट लन्च भई आवश्यक पूर्वाधार, सुरक्षा प्रवन्ध, जनशक्तिसहित सञ्चालन भइसकेको छ । सोही क्रममा हायात इन्टरनेशनलका प्रतिनिधिले आएर यसको निरीक्षण पनि गरिसकेका छन् । हायातकै समुहले यहाँका कर्मचारीहरुलाई तालिम दिने काम गरेका थिए । हाल यस होटलमा उच्च व्यवस्थापनमा हायातकै कर्मचारीहरु रहेका छन् । हायात अमेरिकी आथित्यता सत्कारमा उत्कृष्ट्र कम्पनीको ब्राण्ड हो । 
पाँच वर्षअघि निर्माण सुरु गरिएको यो होटल ताहाचलको सोल्टीमोड नजिकै रहेको छ । यो होटल १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । यसअघि अपार्टमेन्ट बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १५ तले भवनलाई पछि गोल्यान समूहले होटलमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको हो । 
यहाँ निर्मित दुई वटा ठुला भवनमध्ये एउटा अझै पनि अपार्टमेन्टको रुपमा नै रहने बताईएको छ । सो अपार्टमेन्टमा गोल्यान समूहकै कार्यालयहरु रहेका छन् । यस होटलमा परिवारसहित आउने र अपार्टमेन्टमा बस्न चाँहने ग्राहकलाई अपार्टमेन्ट उपलब्ध गराइने सो होटलका मुख्य लगानीकर्ता एवं सञ्चालक पवन गोल्यानले जानकारि दिए । उनले यो होटल पाहुनाकालागि निकै राम्रो भएको दावी गरे । 
यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजार भन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ । त्यसैले यो होटल व्यवस्थापनको जिम्मा पनि हायात प्यालेसले नै लिएको छ । सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।
होटलका सञ्चालक पवन गोल्यानले अब यो होटल आगामी पाँच वर्षमा ब्रेकइभनमा आउने बताए । उनले जानकारि गराए अनुसार हाल यो होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । जसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा रहेको छ । 
यस्तो छ सुविधा 
हायात प्यालेस काठमाडौं होटलमा १० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेस सहितको रुम) सहित कुल १५३ जना कोठा क्षमता रहेको छ । यस होटलमा एउटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल (२४ सै घण्टा फिटनेस क्लब), साना तथा ठूला सभा समारोह आयोजना गर्नका लागि ५० देखि चारसय जना क्षमताको चारवटा बैंक्वेट हल रहेका छन् ।
ग्राहकको सुविधाका लागि चिल्ड्रेन स्विमिङ पुल, सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ । हरेक रुमदेखि रेष्टुरेन्टसम्म नेपालको मौलिक कला संस्कृति झल्किने बस्तुहरु सजाएर राखिएका छन् । अध्यक्ष गोल्यानले ठाउँ अभावका कारण क्यासिनोकालागि ठाउँको व्यवस्था नगरिए पनि वरिपरी जग्गा पाएपछि खरिद गरेर विस्तारै क्यासिनो पनि सञ्चालन गर्ने योजना रहेको बताए । 
अहिले यस होटलमा खानादेखि सेवा हायातको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रवाह हुने सो कम्पनीले जनाएको छ । यस होटलले ग्राहकको सन्तुष्टि र उनीहरुको चाहना अनुसारको खानपिनको सुविधा र मनोरञ्जनलाई प्राथमिकता दिने होटलका महाप्रवन्धक बरुण तलवारले  बताए । उनले यो होटलको औपचारिक ओपनिङको अवसरमा कम्तिमा पनि एकसय वटा रुम बुक हुने अपेक्षा गरिएको बताए । यसैगरि, सो होटलका अर्का सञ्चालक कमलेश कुमार अग्रवालले ६९ देशका ३८५ स्थानमा हायातको चेन रहेकाले यो नेटवर्कका कारण आफूहरुलाई अब यो होटलमा कहिलेपनि पाँहुनाको अभाव नहुने अपेक्षा गरिएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।