logo

पाँच अर्ब लगानीको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस’ भोलिदेखि सञ्चालनमा आउने 

    1525   पटक पढिएको

२८ कात्तिक / अर्थ र व्यापार – मुलुकको व्यवसायिक घराना गोल्यान समूहको मुख्य लगानी रहेको पाँचतारे स्तरको अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्यालेस काठमाडौ ’ भोली सोमबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । 
अन्तर्राष्ट्रिय ब्राण्ड हायातको यो नेपालमा दोस्रो चेन होटल हो । विश्वभर हायातका ३८५ स्थानमा यस्ता चेन होटलहरु रहेका छन् । काठमाडौको सोल्टीमोड ताहाचलमा निर्मित हायात प्यालेस काठमाडौंले शनिबार पत्रकार सम्मेलन गरी सोमबारबाट औपचारिक रुपमा सञ्चालन गर्न लागिएको जानकारि गराएको हो । 
सुरुमा तीन अर्ब ५० करोड रुपैयाँमा निर्माण गर्ने भनिए पनि कोरोना महामारिका कारण त्यसको लागत बढेर अहिले झण्डै पाँच अर्ब रुपैयाँ लगानी पुगेको बताईएको छ । सो होटलका अध्यक्ष शक्ति गोल्यानले यस्तो बताएका हुन । 
उनका अनुसार यो होटल यसअघि नै सफ्ट लन्च भई आवश्यक पूर्वाधार, सुरक्षा प्रवन्ध, जनशक्तिसहित सञ्चालन भइसकेको छ । सोही क्रममा हायात इन्टरनेशनलका प्रतिनिधिले आएर यसको निरीक्षण पनि गरिसकेका छन् । हायातकै समुहले यहाँका कर्मचारीहरुलाई तालिम दिने काम गरेका थिए । हाल यस होटलमा उच्च व्यवस्थापनमा हायातकै कर्मचारीहरु रहेका छन् । हायात अमेरिकी आथित्यता सत्कारमा उत्कृष्ट्र कम्पनीको ब्राण्ड हो । 
पाँच वर्षअघि निर्माण सुरु गरिएको यो होटल ताहाचलको सोल्टीमोड नजिकै रहेको छ । यो होटल १० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । यसअघि अपार्टमेन्ट बनाउने उद्देश्यले निर्माण सुरु गरिएको १५ तले भवनलाई पछि गोल्यान समूहले होटलमा रुपान्तरण गरि सञ्चालनमा ल्याएको हो । 
यहाँ निर्मित दुई वटा ठुला भवनमध्ये एउटा अझै पनि अपार्टमेन्टको रुपमा नै रहने बताईएको छ । सो अपार्टमेन्टमा गोल्यान समूहकै कार्यालयहरु रहेका छन् । यस होटलमा परिवारसहित आउने र अपार्टमेन्टमा बस्न चाँहने ग्राहकलाई अपार्टमेन्ट उपलब्ध गराइने सो होटलका मुख्य लगानीकर्ता एवं सञ्चालक पवन गोल्यानले जानकारि दिए । उनले यो होटल पाहुनाकालागि निकै राम्रो भएको दावी गरे । 
यसको मुख्य कार्यालय अमेरिकाको सिकागोमा रहेको छ । यसका संसारभर १ हजार भन्दा बढी होटल सञ्चालनमा छन् । यो होटलको सञ्जाल विश्वका ६९ वटा देशमा फैलिएको छ । त्यसैले यो होटल व्यवस्थापनको जिम्मा पनि हायात प्यालेसले नै लिएको छ । सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माणको काम लम्बिएको थियो ।
होटलका सञ्चालक पवन गोल्यानले अब यो होटल आगामी पाँच वर्षमा ब्रेकइभनमा आउने बताए । उनले जानकारि गराए अनुसार हाल यो होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । जसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा रहेको छ । 
यस्तो छ सुविधा 
हायात प्यालेस काठमाडौं होटलमा १० वटा सुइट्स रुम (तीन सुइट र सातवटा टेरेस सहितको रुम) सहित कुल १५३ जना कोठा क्षमता रहेको छ । यस होटलमा एउटा अल डे रेष्टुरेन्ट, बारसहितको टेरेस पुल, जिम हल (२४ सै घण्टा फिटनेस क्लब), साना तथा ठूला सभा समारोह आयोजना गर्नका लागि ५० देखि चारसय जना क्षमताको चारवटा बैंक्वेट हल रहेका छन् ।
ग्राहकको सुविधाका लागि चिल्ड्रेन स्विमिङ पुल, सवारी पार्किङका लागि डबल बेसमेन्ट राखिएको छ । हरेक रुमदेखि रेष्टुरेन्टसम्म नेपालको मौलिक कला संस्कृति झल्किने बस्तुहरु सजाएर राखिएका छन् । अध्यक्ष गोल्यानले ठाउँ अभावका कारण क्यासिनोकालागि ठाउँको व्यवस्था नगरिए पनि वरिपरी जग्गा पाएपछि खरिद गरेर विस्तारै क्यासिनो पनि सञ्चालन गर्ने योजना रहेको बताए । 
अहिले यस होटलमा खानादेखि सेवा हायातको अन्तर्राष्ट्रिय मापदण्ड अनुसार प्रवाह हुने सो कम्पनीले जनाएको छ । यस होटलले ग्राहकको सन्तुष्टि र उनीहरुको चाहना अनुसारको खानपिनको सुविधा र मनोरञ्जनलाई प्राथमिकता दिने होटलका महाप्रवन्धक बरुण तलवारले  बताए । उनले यो होटलको औपचारिक ओपनिङको अवसरमा कम्तिमा पनि एकसय वटा रुम बुक हुने अपेक्षा गरिएको बताए । यसैगरि, सो होटलका अर्का सञ्चालक कमलेश कुमार अग्रवालले ६९ देशका ३८५ स्थानमा हायातको चेन रहेकाले यो नेटवर्कका कारण आफूहरुलाई अब यो होटलमा कहिलेपनि पाँहुनाको अभाव नहुने अपेक्षा गरिएको बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।