logo

गुण एयरले सिमरा उडान थाल्यो 

    1366   पटक पढिएको

१६ कात्तिक /अर्थ र व्यापार –  निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३०  सिटको जेट्स्ट्रीम विमानद्वारा सोमबारदेखि काठमाडौ–सिमरा नियमित व्यवसायीक हवाई उडान सुरु गरेको छ । यस उडानको पहिलो दिननै सिमरामा यात्रुबाट पुर्णसाथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित भएको सो कम्पनीले जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले आगामी केही समयमा थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरकोलागि उडान भर्ने तयारी गरिएको बताए । हवाई यात्रुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा  दिन यस एयरलाइन्सले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले उच्चगुणस्तरिय हवाई सेवा दिन आफुहरुले सोही अनुसार उडान विस्तार गर्दै  मुलुकको आन्तरिक हवाई बजारमा यो एयरलाईन्सले उच्च स्तरको सेवा दिंदै उडान भरिरहेको बाताए । यसैगरि, थापाले उडान सुरु गरिएको गन्तव्यमा यात्रुहरुबाट राम्रो मायाँ र साथ पाएको बताए । यसैगरि, उनले यसवाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको बताए । 
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती  पाँचवटा जेट्स्ट्रीम सहित कुल सातवटा विमानबाट उडान भर्ने क्रममा गुण एयरलाइन्सले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार  भैरहवा  नेपालगन्ज र विराटनगरमा भने नियमित उडान शुरु गरीसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।