logo

गुण एयरले सिमरा उडान थाल्यो 

    1124   पटक पढिएको

१६ कात्तिक /अर्थ र व्यापार –  निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्स ले ३०  सिटको जेट्स्ट्रीम विमानद्वारा सोमबारदेखि काठमाडौ–सिमरा नियमित व्यवसायीक हवाई उडान सुरु गरेको छ । यस उडानको पहिलो दिननै सिमरामा यात्रुबाट पुर्णसाथ प्राप्त भएकोले गुण एयरलाइन्स उत्साहित भएको सो कम्पनीले जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्वल थापाले आगामी केही समयमा थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरकोलागि उडान भर्ने तयारी गरिएको बताए । हवाई यात्रुलाई सुरक्षित र भरपर्दो हवाइ सेवा  दिन यस एयरलाइन्सले कुनै कसर बाँकी नराख्ने बताउँदै उनले उच्चगुणस्तरिय हवाई सेवा दिन आफुहरुले सोही अनुसार उडान विस्तार गर्दै  मुलुकको आन्तरिक हवाई बजारमा यो एयरलाईन्सले उच्च स्तरको सेवा दिंदै उडान भरिरहेको बाताए । यसैगरि, थापाले उडान सुरु गरिएको गन्तव्यमा यात्रुहरुबाट राम्रो मायाँ र साथ पाएको बताए । यसैगरि, उनले यसवाट गुण एयरलाइन्सलाई थप हौसला प्राप्त भएको बताए । 
आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती  पाँचवटा जेट्स्ट्रीम सहित कुल सातवटा विमानबाट उडान भर्ने क्रममा गुण एयरलाइन्सले यस अघि भरतपुर, पोखरा , तुम्लिङटार  भैरहवा  नेपालगन्ज र विराटनगरमा भने नियमित उडान शुरु गरीसकेको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।