logo

सिलिंक ट्राभल्स एण्ड टुर्सको नयाँ लोगो सार्वजनिक

    1920   पटक पढिएको

२२ कात्तिक/ अर्थ र व्यापार – सिलिंक ट्राभल्स एण्ड टुर्स प्रालिले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा नयाँ लोगो सार्वजनिक गरेको छ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने उदेस्यले स्थापना गरिएको सिलिंक ट्राभल्स एण्ड टुसले आफ्नो सेवाहरुलाई प्रविधिमा आधारित भएर अघि बढाउने लक्ष्यकासाथ नयाँ टिम र नयाँ सोच लिएर अगाडी बढेको सिलिंक ट्राभल एण्ड टुर्स प्रालिका प्रबन्ध निर्देशक राजु ढकालले बताए ।
डेढ दशक लामो यात्रामा भएका परिवर्तनलाई आत्मसाथ गर्दै सिलिंकले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको सुरुवात गरेको जनाएको छ । नेपालीको महान् चाड दीपावलीको संघारमा नयाँ लोगो सार्वजनिक गरेको हो । 
सिलिंकको निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको नयाँ लोगोले  सिलिंकको नाम भित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुसीको समेत प्रतिनिधित्व गर्ने सो कम्पनीले बताएको छ । कुनै एक विन्दुबाट अर्को विन्दुसम्म गरिने सबै किसिमका यात्राका लागि टिकेटिङ्ग गर्ने  सिलिंकले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको जनाएको छ । 
‘कोभिडपछि विश्वभर पर्यटन क्षेत्र सुचारु हुन थालेसंगै नयाँ आशा पलाएको छ, त्यसैले हामीले प्रदान गर्ने ईन्बाउण्ड र आउटबाउण्ड सेवाहरुलाई अझ परिष्कृत ढंगले अगाडी बढाउँदै छौं’ प्रबन्ध निर्देशक ढकालले भने । सिलिंक ट्राभलले ईन्बाउण्ड टुरका साथै दुवई, युरोपका कतिपय मुलुक, माल्दिभ्स, दोहा,अमेरिका लगायतका देशमा आउटबाउण्ड प्याकेजका सेवा प्रदान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।