logo

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

    1042   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – पर्यटन व्यवसयाीहरूले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर व्यवसायीहरूले यस्तो माग गरेका हुन् । 
उनीहरूले महामारीपछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताए । मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा अभावलगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष समिति गठन गरी पर्यटनलाई मूर्त रूप दिन आग्रह गरिएको सो घेटवार्तामा सहभागी व्यवसायी राजाराम गिरीले जानकारी दिए ।
एउटा अधिकार सम्पन्न राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरी तत्काल काम थाल्न आवश्यक  भएकोमा मन्त्रीले आफूहरूको समस्या सुनेर केही गरौं भन्नेमा चासो देखाएको जानकारी गराउँदै गिरीले भने, ‘अब हामी सरोकारवाला बसेर विशेष कार्यक्रम ल्याउनेतर्फ छलफल गर्छौं ।’  
पर्यटन क्षेत्रसँग सम्बन्धित सो प्रतिनिधिमण्डलमा होटल व्यवसायी प्रसिद्ध पाण्डे, सुनिल शाक्य, पर्यटनविद् विक्रम पाँडे, टर्किस एयरलाइन्सका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केसीसी, टानका महासचिव सरिता लामा, इत्तिहाद एयरवेजका पूर्व कन्ट्री म्यानेजर पवन श्रेष्ठलगायत सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।