logo

पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन माग

    1303   पटक पढिएको

१४ कात्तिक / अर्थ र व्यापार – पर्यटन व्यवसयाीहरूले पर्यटन क्षेत्रका लागि विशेष प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् । शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर व्यवसायीहरूले यस्तो माग गरेका हुन् । 
उनीहरूले महामारीपछि सबैभन्दा धेरै प्रभावित पर्यटन क्षेत्रका विशेष प्याकेजको आवश्यकता रहेको बताए । मन्त्रीसँगको भेटमा धेरै पर्यटन व्यवसाय बन्द भएका, बेरोजगारी वृद्धि, पर्यटन आगमन न्यून, विदेशी मुद्रा अभावलगायतका समस्या उजागर गर्दै व्यवसायीले सरकारले एउटा विशेष समिति गठन गरी पर्यटनलाई मूर्त रूप दिन आग्रह गरिएको सो घेटवार्तामा सहभागी व्यवसायी राजाराम गिरीले जानकारी दिए ।
एउटा अधिकार सम्पन्न राष्ट्रिय पर्यटन पुनरुत्थान समिति गठन गरी तत्काल काम थाल्न आवश्यक  भएकोमा मन्त्रीले आफूहरूको समस्या सुनेर केही गरौं भन्नेमा चासो देखाएको जानकारी गराउँदै गिरीले भने, ‘अब हामी सरोकारवाला बसेर विशेष कार्यक्रम ल्याउनेतर्फ छलफल गर्छौं ।’  
पर्यटन क्षेत्रसँग सम्बन्धित सो प्रतिनिधिमण्डलमा होटल व्यवसायी प्रसिद्ध पाण्डे, सुनिल शाक्य, पर्यटनविद् विक्रम पाँडे, टर्किस एयरलाइन्सका कन्ट्री म्यानेजर अब्दुल्लाह टन्सर केसीसी, टानका महासचिव सरिता लामा, इत्तिहाद एयरवेजका पूर्व कन्ट्री म्यानेजर पवन श्रेष्ठलगायत सहभागी भएका थिए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।