सरकारद्धारा गठित राजस्व परामर्श समितिले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवेदन पेस गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरले शिष्टाचार भेटवार्ता गरेका छन् ।
महालेखा परीक्षकको कार्यालयले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रतिवेदनले आर्थिक वर्ष २०८०/०८१ को आर्थिक गतिविधिहरूको समीक्षा प्रस्तुत गर्दछ ।
आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिगत आयकरको अधिकतम सीमा घटाउनुपर्ने र न्यूनतम सीमा भने बढाउनुपर्ने माग निजी क्षेत्रले गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक सुधारलाई उच्च प्राथमिकता दिने बताएका छन् । मंगलबार विकास साझेदारसँग भएको छलफलमा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
चालु आर्थिक बर्षको वितेका ९ महिनामा नेपालमा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतमा रहेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता संसदमा पेश गरेको छ ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को पूर्व बजेटकालीन समीक्षा प्रतिवेदन अर्थ मन्त्रालयलाई बुझाएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् ।
कोशी प्रदेश सरकारको पहिलो लगानी सम्मेलनले प्रदेश नम्बर मा १ खर्ब ५२ अर्ब २६ करोड रुपैयाँ नयाँ लगानी भित्राएको छ । दुईदिनमा सम्पन्न भएको सो सम्मेलनमा प्रदेश सरकारले १ खर्ब ७३ अर्ब ४९ करोड लागतका विभिन्न ८ क्षेत्र पर्यटन, कृषि, उद्योग, उर्जा, पूर्वाधार, आईटी, स्वास्थ्य, पूर्वाधारसँग सम्बन्धित ७१ वटा परियोजना प्रस्तुत गरेको थियो ।
सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका आयोजना पुनः प्राथमिकीकरण गरी त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरेका छन् ।
लगानी बोर्डले आगामी ४ वर्षभित्र ८ अर्ब ९५ करोड अमेरिकी डलर बराबरको ११ वटा परियोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित आफ्नो रणनीति तथा व्यावसायिक योजना बनाएको जनाएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा लगानी अभिवृद्धिका लागि ‘लगानी दशक’ घोषणा गरी लगानी सम्बन्धी एकीकृत कानुन बनाइ लागु गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि एकदम उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहने अनुमान गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही १९ १९ वैशाख शुक्रबार संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सेमेटनुपर्ने सन्दर्भमा नेपाली कांग्रेसलाई विभिन्न सुझाव दिएको छ ।
अहिले नेपालभर स्थायी लेखा नम्बर लिने करदाताको संख्या ६७ लाख ३७ हजार ३ सय ७२ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेहरु छन् ।
प्रधानमन्त्रीका आर्थिक एवं विकास सल्लाहकार डा.युवराज खतिवडाले हाल देखिएका उद्योगी व्यवसायीका समस्या आगामी बजेटले सम्बोधन गर्ने बताएका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघको केन्द्रिय कमिटिको बैठकलाई सम्बोधन गर्दै खतिवडाले यस्तो बताएका हुन् ।
संघीय संसद्को बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार प्रतिनिधि सभाको शुक्रबारको बैठकमा राष्ट्रपतिको कार्यालयबाट सदनको अधिवेशन आह्वान र मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्रबारे सभामुख देवराज घिमिरेले जानकारी दिनेछन् ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी बनाउन सरकारले राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा राखिएका १० हजारभन्दा बढी आयोजना कटौती गरेको छ । जथाभावी आयोजना प्रविष्ट (इन्ट्री) गरेर बजेट माग्ने प्रवृत्ति बढेपछि राष्ट्रिय योजना आयोगले
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र उत्प्रेरित नभएसम्म आर्थिक रुपान्तरणको कार्यसूचीले सार्थकता पाउन नसक्ने बताएका छन ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १९ वैशाखमा पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।