logo

एक महिनामै २४ अर्ब १० करोडको वैदेशिक लगानी स्वीकृत

    867   पटक पढिएको


२ भदौं/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात साउनमा हालसम्मकै उच्च विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
यो प्रतिवद्धता एक महिनाभित्र आएको हालसम्मकै उच्च हो । साउनमा विदेशी लगानीका १ सय २७ परियोजना दर्ता भएका छन् । जसमार्फत कुल ८ हजार २ सय बढी जनाले रोजगारी पाउने बताईएको छ ।
साउनमा वैदेशिक लगानी प्रतिवद्धता उच्च हुनुमा कृषि क्षेत्रका ३ परियोजनामा आएको प्रतिवद्धता मुख्य रहेको देखिएको छ । विभागले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा कृषिमुलक क्षेत्रका ३ परियोजनामा मात्र साउन महिनामा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
खासगरी यसअघिका महिनाहरुमा सबैभन्दा बढी लगानी प्रतिवद्धता सेवा र पर्यटन क्षेत्रमा आउने गरेको भएपनि यसपल्ट भने कृषि क्षेत्रका सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको देखिएको छ ।
यस्तै यसै अवधिमा पर्यटन क्षेत्रमा पनि ३ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रका ४१ परियोजना नेपालमा दर्ता भएका छन् ।
यस अवधिमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी परियोजना दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो १ महिनामै सूचना प्रविधि क्षेत्रका ७१ परियोजना नेपालमा दर्ता भएको देखिन्छ । यी परियोजनामार्फत विदेशी लगानीकर्ताहरुले ३६ करोड ५२ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यता सेवामुलक क्षेत्रका ८ परियोजनामार्फत ३३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमुलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा खानी र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिवद्धता नआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।