logo

एक महिनामै २४ अर्ब १० करोडको वैदेशिक लगानी स्वीकृत

    387   पटक पढिएको


२ भदौं/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना अर्थात साउनमा हालसम्मकै उच्च विदेशी लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा २४ अर्ब १० करोड ४९ लाख ९५ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो ।
यो प्रतिवद्धता एक महिनाभित्र आएको हालसम्मकै उच्च हो । साउनमा विदेशी लगानीका १ सय २७ परियोजना दर्ता भएका छन् । जसमार्फत कुल ८ हजार २ सय बढी जनाले रोजगारी पाउने बताईएको छ ।
साउनमा वैदेशिक लगानी प्रतिवद्धता उच्च हुनुमा कृषि क्षेत्रका ३ परियोजनामा आएको प्रतिवद्धता मुख्य रहेको देखिएको छ । विभागले उपलब्ध गराएको तथ्यांकलाई आधार मान्दा कृषिमुलक क्षेत्रका ३ परियोजनामा मात्र साउन महिनामा २० अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।
खासगरी यसअघिका महिनाहरुमा सबैभन्दा बढी लगानी प्रतिवद्धता सेवा र पर्यटन क्षेत्रमा आउने गरेको भएपनि यसपल्ट भने कृषि क्षेत्रका सबैभन्दा बढी लगानी प्रतिवद्धता आएको देखिएको छ ।
यस्तै यसै अवधिमा पर्यटन क्षेत्रमा पनि ३ अर्ब २ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ । विभागका अनुसार यस अवधिमा पर्यटन क्षेत्रका ४१ परियोजना नेपालमा दर्ता भएका छन् ।
यस अवधिमा सूचना प्रविधि क्षेत्रका सबैभन्दा बढी परियोजना दर्ता भएको विभागको तथ्यांकमा उल्लेख छ । पछिल्लो १ महिनामै सूचना प्रविधि क्षेत्रका ७१ परियोजना नेपालमा दर्ता भएको देखिन्छ । यी परियोजनामार्फत विदेशी लगानीकर्ताहरुले ३६ करोड ५२ लाख रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।
यता सेवामुलक क्षेत्रका ८ परियोजनामार्फत ३३ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आउँदा उर्जामुलक क्षेत्रमा १८ करोड ४२ लाख र उत्पादनमुलक क्षेत्रमा १५ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ । गत साउन महिनामा खानी र पूर्वाधार क्षेत्रमा भने विदेशी लगानी प्रतिवद्धता नआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।