logo

सर्वोच्चको आदेश विपरीत हुनेगरी शरद ओझालाई प्राधिकरणमा हाजिर नगराउन अर्थको निर्देशन

    286   पटक पढिएको

४ असोज / अर्थ र व्यापार- अर्थ मन्त्रालयले सर्वोच्च अदालतको आदेशको विपरीत हुनेगरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई कार्यालयमा हाजिर नगर्न÷नगराउन निर्देशन दिएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले विभिन्न आरोप लगाउँदै ओझालाई प्राधिकरणको अध्यक्षबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध ओझा सर्वोच्चमा गएका थिए । २३ भदौमा ओझाको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई अध्यक्ष पदबाट हटाउने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले ओझालाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।
अदालतको सोही आदेशको पत्रसहित ओझाले गत मंगलबार (३१ भदौ) प्राधिकरण पुगेर हाजिर गरेका थिए । तर २ असोजमा अर्थ मन्त्रालयले प्राधिकरणलाई लिखित पत्र काटेरै ओझालाई के कसरी हाजिर गर्न दिइएको हो कारणसहित लेखि पठाउनू भन्दै निर्देशन दिएको छ । साथै पत्रमा ओझालाई पुनर्वहाली गराउने सम्बन्धमा कुनै निर्णय नभएकोले हाजिर नगर्न÷नगराउन निर्देशन दिइएको छ ।
एमाले–कांग्रेस गठबन्धन सरकारले ओझालाई बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको थियो । तर ओझासँग बीमा प्राधिकरणको अध्यक्ष बन्ने योग्यता नरहेको भन्दै उजुरी परेको थियो । त्यसपछि ओझाको योग्यता विवादबारे अध्ययन गर्न सरकारले समिति गठन गरेको थियो ।
उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनका आधारमा उनलाई सरकारले पदमुक्त गरेको थियो । त्यसपछि ओझाले सर्वोच्च गुहारेका थिए । सर्वोच्चले उनलाई काम गर्न दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।