२ असोज/अर्थ र व्यापार – सरकारले अन्तर्राष्ट्रिय कार्डबाट पनि राजस्व तिर्न मिल्ने व्यवस्था गरेको छ । महालेखा नियन्त्रक कार्यालयले राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीलाई आवद्ध गरेको हो ।
सोही व्यवस्था कार्यान्वयनमा ल्याउन अर्थमन्त्री डा.रामेश्वर खनालले बिहीबार काठमाडौंमा एक समारोहबीच राजस्व व्यवस्थापन सूचना प्रणालीमा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अनतर आवद्धताको शुभारम्भ गरेका हुन् ।
महालेखा नियन्त्रकको कार्यालयले गत १८ भदौदेखि परीक्षणका रूपमा सुरु गरेको थियो । त्यसयता १ असोजसम्म ३ सय ७७ वटा कारोबार भएको छ । अध्यागमन विभाग मार्फत कार्यान्वयन भएको अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीबाट २३ लाख ९५ हजार ८ सय २० रूपैयाँ राजस्व संकलन भएको छ । राजस्व संकलनलाई द्रुत र अन्तर्राष्ट्रिय पहुँचयोग्य, सेवाग्राहीमैत्री बनाउन, अन्तर्राष्ट्रियस्तरमा विश्वास वृद्धि गर्न योप्रणाली सुरु गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । भुक्तानी सहजताका कारण विदेशी पर्यटकको संख्या बढ्ने सरकारको विश्वास छ ।
तपाईको प्रतिक्रिया