logo

आर्यतारा होल्डिङसको प्रथम साधारणसभा सम्पन्न

    1056   पटक पढिएको

११ असोज/अर्थ र व्यापार- अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरु बारे अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

हाल संस्थाले जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरेको अध्यक्ष अंगाईले वताए । साथै आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तरगत एयरलाइन्स र हेलिकप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवा प्रवर्धनमा आँफुहरुले लगानी गर्ने योजना बनाएको उनले वताए । त्यसका लागी विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने समेत उनले जानकारी दिए । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

होल्डिङसको सञ्चालकहरु श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन । साधारणसभामा संस्थाका सल्लाहकारहरु प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाको आगामी दिन र व्यवसायीक सफलताका लागी शुभकामना समेत दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।