logo

दशैंका खसी, बोका र च्यांग्राको अनलाइन बुकिङ सुरु

अब उपभोक्ताले घरमै बसेर अनलाइनमार्फत बुकिङ गर्न सक्ने

    609   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी, बोका र च्यांग्राको अनलाइन बुकिङ खुला गरेको छ । दशैको घटस्थापना आउन अब १८ दिन मात्र बाँकी छ । दशैंकालागि अब उपभोक्ताले घरमै बसेर अनलाइनमार्फत खसी बोका र च्यांग्राको बुकिङ गर्न सक्नेछन् । खाद्य कम्पनीले अनलाइन बुकिङको व्यवस्था यसपाली पहिलोपटक सुरु गरेको हो ।  
खाद्य कम्पनीको खरिद विभागका विभागीय प्रमुख अनन्तराज पौडेलले बुधबार बिहानदेखि अनलाइन बुकिङ खुला गरिएको जानकारी दिए ।
अनलाइन बुकिङ ३० भदौसम्म जारी रहने छ । उपभोक्ताले कम्पनीको अनलाइन पोर्टलमा गएर आफूलाई चाहिएको खसी, बोका वा च्यांग्रा छनोट गर्न सक्नेछन् । बुकिङ गर्दा एक पटकमा अधिकतम १० वटासम्म छनोट गर्न सकिने पौडेलले जानकारी दिए ।
बुकिङका लागि उपभोक्ताले अग्रिम भुक्तानी गर्नुपर्ने छ । च्यांग्राका लागि एउटाको ५ हजार रुपैयाँ र खसी र बोकाका लागि ४ हजार रुपैयाँ अग्रिम शुल्क लाग्ने छ ।
पौडेलका अनुसार यो अग्रिम भुक्तानी हाललाई बुकिङ सुनिश्चित गर्नमात्र हो । पशुको अन्तिम मूल्य भने तौलका आधारमा निर्धारण गरिने छ । कम्पनीले २० देखि २५ केजी र २५ देखि ३० केजी , ३० देखि ३५ केजी र ३५ देखि ४० केजीसम्मका तौल समूहमा पशुहरू छनोट गर्ने विकल्प अनलाइनमा राखेको छ ।
अन्तिम बिक्री मूल्य कम्पनीको तत्कालीन बिक्री मूल्यमा तौल अनुसार तय गरिने र भुक्तानी गरिएको अग्रिम रकम कुल बिलबाट घटाइने खाद्य कम्पनीले जनाएको छ । बुकिङ गरिएका खसी, बोका र च्यांग्रा घटस्थापनादेखि सप्तमीसम्म वितरण गरिने छ । अनलाइन बुकिङ गर्दा नै उपभोक्ताले आफूलाई पायक पर्ने र सहज हुने मिति छनोट गर्न सक्नेछन् ।
बुकिङ र भुक्तानी प्रक्रिया पूरा भएपछि उपभोक्तालाई एसएमएस मार्फत एउटा कोड र पशु बुझिलिन आउने मितिसहित जानकारी पठाइने छ । उनले उपभोक्ताले सोही कोड र निर्धारित मितिमा उपस्थित भएर कम्पनीको बिक्री केन्द्रबाट आफ्नो पशु बुझिलिन सक्ने बताए ।
खाद्य कम्पनीले यस वर्ष २ हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने छ । यस्तै कम्पनीले सञ्चालन गर्ने सुपथ मूल्य पसलबाट खसीबोका तथा च्यांग्रा खरिद गर्दा प्रतिकेजी १० रुपैयाँ छुट दिइने खाद्य कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।