logo

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट सुरु हुँदै 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण: सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशन उद्घाटन हुन लागेको हो । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो महाधिवेशनको उद्घाटन गर्ने छन् ।

२०७८ मंसिर २३

राप्रपाको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी

राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति तथा पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ अध्यक्ष पाएको छ । लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् । 

२०७८ मंसिर १९

सान्दार मतसहित एमाले अध्यक्षमा केपी शर्मा ओली पुनः विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली सान्दार मतपरिणाम सहित विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८  मत पाएर अध्यक्ष हुँदा अर्का प्रत्यासी भीम रावलले जम्मा २२३ मत पाएका  छन ।

२०७८ मंसिर १४

एमालेको महाधिवेशनले सौराहाका तीनसय होटलका ३५०० भन्दाबढी कोठा भरिए , झन्डै ३७ करोड रुपैयाँ खर्च 

नेपाल कम्युनिष्ट पार्टी एमालेको १० औं महाधिवेशनले चितवनको सौराहाका तीनसय होटलका करिब ३५०० भन्दा बढी कोठा भरिभराउ भएका छन । महाधिवेशनमा सहभागी नेता, कार्यकर्ता, अतिथिहरु र संचारकर्मी तथा अन्य पाहुनाहरुलाई खाना, बास र यातायात गरि झन्डै ३७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

२०७८ मंसिर १२

एमाले महाधिवेशनको उदघाटन अबको केही समयबाट सुरु हुँदै

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन अबको केही समयमा सुरु हुँदै छ । चितवनको नारायणी किनारमा निकै तामझामकासाथ सुरु हुन लागेको एमाले महाधिवेशनको उदघाटन शुक्रबार दिउँसो १२ः४५ बजे बाट सुरु हुँदै छ ।

२०७८ मंसिर १०

राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त, नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीले लिए शपथ

नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुखले उपलब्ध गराएको समय बिहीबार दिउँसो ३ बजेसम्ममा बहुमत सदस्यको हस्ताक्षरसहित पाण्डेले मुख्यमन्त्रीमा दाबी गरेका थिए । 

२०७८ कार्तिक ११

अबको केही समयमा राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

अबको केही समयपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जना सांसद्को हस्ताक्षर हिजै साँझ बुझाई सकेको छ ।

२०७८ कार्तिक ११

नेता हरिनारायण रौनियारको सक्रियता : भारतीय शीर्ष नेतृत्वसँग भेटवार्ता, नेपाल–भारत सुसम्वन्धमा जोड

पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् । सो भेटका क्रममा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिए ।

२०७८ कार्तिक ५

धुलिखेलको जिपलाइनमा रमाउँदै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) 

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर जिपलाइन गरेका छन् । आफ्ना नाति–नातिनी सहित पारिवारिक आरामकालागि बिहीबार सिन्धुपाल्चोकको सुकसटेबीच रिसोर्ट पुगेका प्रचण्ड शुक्रबार धुलिखेल पुगेर आफैले क्लासिक जिपलाइनको अनुभव लिएका हुन् ।

२०७८ कार्तिक ५

अब म पार्टीको नेतृत्व लिन्छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहो¥याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै अब आफू आगामी नेतृत्व लिन पार्टी सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

२०७८ कार्तिक ४

देउवा नेतृत्वको सरकारका सय दिन : महामारी नियन्त्रणदेखि आर्थिक विकासको प्रयाससम्म

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठवन्धन सरकारको नेतृत्व सम्हालेको बुधबार १०० दिन पुगेको छ । यस अवधिमा अघिल्लो सरकारले छाडेर गएको अन्यौलग्रस्त विसंगती र अस्थिरताबाट मुलुकलाई मुक्ति दिलाउने गहन जिम्मेवारीकासाथ वर्तमान देउवा नेतृत्वको सरकारले मुख्यगरी विकास, शान्ति र सुव्यवस्था तथा सुशासन कायमगरी अघि बढ्नकालागि आधारशीला खडा गरेको महसुश भएको बताएको छ ।

२०७८ कार्तिक ३

८८ औं दिनमा मन्त्रिपरिषद्ले पायो पूर्णता,४ बजे शपथग्रहणको तयारी

नयाँ सरकारको नेतृत्व सम्हालेको ८८ औं दिनपछि बल्ल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन । उनले आफ्नो पार्टी नेपाली काँग्रेस सहित, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन ।

२०७८ असोज २२

एकीकृत समाजवादीले बनायो ११ सदस्यीय केन्द्रीय सचिवालय

नेकपा एकीकृत समाजवादीले ११ सदस्यीय केन्द्रीय सचिवालय बनाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सचिवालय बनाएको हो, जसमा वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई छन् ।

२०७८ असोज २२

पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा थापा  

नेकपा (एकीकृत समाजवादी) निकट पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्षमा अन्जन थापा ‘कुमार’ चयन भएका छन । संगठनको बिहीबार राजधानीमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा ६९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । 

२०७८ असोज १४

कांग्रेस नेता प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारीको घोषणा

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन । गणेशमान सिंहका छोरा एवं कांग्रेसका बरिष्ठ नेता सिंहले अब यस पार्टीमा आमूल परिवर्तन ल्याउनकालागि आफुले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

२०७८ असोज १०

वाग्लेले लमजुङबाट प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

नेपाल कांग्रेसको चौधौं महाधिबेशनको लागी गण्डकी प्रदेश प्रतिनिधिमा लमजुङ प्रदेश “क” बाट गणेश वाग्लेले उम्मेद्वारी दिने भएका छन । वाग्ले यसअघि गत श्रावण

२०७८ असोज १

नेकपा एकीकृत समाजवादीले आजदेखि कार्यालय सञ्चालनमा ल्यायो  

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले शुक्रबारदेखि औपचारिक रुपमा आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ । उसले काठमाडौँको बानेश्वरको मिनभवनस्थित आलोकनगरमा केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको जनाएको हो । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले बानेश्वर– मिनभवन आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा भएको केन्द्रीय कार्यालयको औपचारिक उद्घाटन गरेका हुन् ।

२०७८ असोज १

एमालेको बिरोध र नारावाजीबीच सभामुखले अघि बढाए संसदको कारवाही

सभामुखले निष्पक्षता देखाउन नसकेको र आफ्नो पार्टीले निष्कासन गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधिसभाको शुक्रबारको बैठक पनि अवरोध गरेको छ । प्रतिपक्षि दल एमालेको तिब्र बिरोध र नारावाजीकै बीच शुक्रबारको बैठक सञ्चालन गराउनकालागि सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारवाही अघि बढाएका हुन् ।

२०७८ भदौ २५

प्रधानमन्त्री देउवाका छोरा जयवीरसिंहले लिए काँग्रेसको सदस्यता

प्रधानन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले पनि नेपाली काँग्रेस पार्टीको सदस्यता लिएका छन् । २६ वर्षीय देउवाले उनकै बुबाको गृह जिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ को वडा कमिटिको सिफारिसका आधारमा नेपाली काँग्रेसको सदस्यता लिएका हुन् ।

२०७८ भदौ २३

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरियोस्ः भिम रावल

नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश गरेका छन् । 

२०७८ सावन १५

असोजभित्र खोप दिन नसके मुलुकको अर्थतन्त्र धरापमा पर्छः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले असोजभित्र खोप दिन नसके मुलुकको अर्थतन्त्र धरापमा पर्नसक्ने बताएका छन् ।

२०७८ सावन १४

कोभिड विरुद्धको लडाईंमा अमेरिका नेपालको साथमा छ: अमेरिकी राजदुत बेरी

अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदुत र्यान्डी बेरीबीच मंगलबार भएको शिष्टाचार भेटमा द्धिपक्षिय सहयोगको विषयमा छलफल भएको छ ।

२०७८ सावन १२

सभामुख सापकोटा र अर्थमन्त्री शर्माबीच भेटवार्ता 

सभामुख अग्निप्रसाद सापकोटा र अर्थमन्त्री जनार्दन शर्माबीच आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएको छ ।

२०७८ सावन ११

एमाले नेता भिम रावलले लिए राजिनामा फिर्ता

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिनुभएको छ । रावल अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित नेता हुन् ।

२०७८ सावन ८

कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुले आज एकै मञ्चबाट सम्बोधन गर्ने

नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु शुक्रबार एकै मञ्चमा देखिने भएका छन् । 

२०७८ सावन ८

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.