logo

राप्रपाको अध्यक्षमा लिङ्देन, उपाध्यक्षमा पाण्डे र महामन्त्रीमा राणा विजयी

    1549   पटक पढिएको

१९ मंसिर/अर्थ र व्यापार – राजतन्त्रको वकालत गर्ने देशको प्रमुख शक्ति तथा पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ अध्यक्ष पाएको छ । लामो समयदेखि पार्टीसत्तामा रहेका कमल थापालाई विस्थापित गर्दै राजेन्द्र लिङ्देनले राप्रपाको कमाण्ड सम्हालेका छन् । 
हाल तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल निर्वाचित अध्यक्षका रुपमा लिङ्देनले हाँक्नेछन् । यसअर्थमा उनको राप्रपामा वास्तविक उदय भएको छ । उनी साविक महामन्त्री थिए । राप्रपाका दुई अध्यक्ष पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको दौडमा सामेल भएनन् । उमेरका कारण पनि यी पुराना हस्तिहरु आगामी दिनमा धेरै सक्रिय हुने अवस्था छैन । यसर्थ लिङ्देनको विजयसँगै राप्रपा नयाँ कालखण्डमा प्रवेश गरेको मान्न सकिन्छ । जसका कारण अब राप्रपा जस्तो पुरानो पार्टीभित्र नयाँ युवा पुस्ताको ताजा हावा वहेको छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार लिङ्देन, अध्यक्षमा, उपाध्यक्षमा विक्रम पाण्डे र महामन्त्रीमा डा. धवलशम्सेर राणा विजयी भएका हुन । सो निर्वाचनबाट अध्यक्षमा लिङ्देन, खुला उपाध्यक्षमा पाण्डे, महिला उपाध्यक्षमा रोशन कार्की, खुला महामन्त्रीमा राणा र महिला महामन्त्रीमा कुन्ती शाही विजयी भएका छन् ।
अध्यक्ष पदमा आफ्नो पराजय स्वीकार गर्दै कमल थापाले आन्तरिक प्रतिस्पर्धामा निर्मल  निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका छन् । सो निर्वाचनमा राप्रपाको नवनिर्वाचित अध्यक्ष लिङ्देनले १ हजार ८ सय १७ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धी कमल थापाले १ हजार ६ सय १७ मत ल्याएका थिए ।
यसैगरि, खुला उपाध्यक्षमा विजयी भएका विक्रम पाण्डेले २ हजार ५ सय २१ मत ल्याएका थिए भने उनका प्रतिस्पर्धीहरु बुद्धिमान तामाङले १ हजार ९ सय ४४ र ध्रुवबहादुर प्रधानले १ हजार ८ सय १४ मत मात्र ल्याएर पराजित भएका हुन् ।
महिला उपाध्यक्षमा विजयी भएकी रोशन कार्कीले १ हजार ५ सय ८९ मत ल्याएकी थिईन् । त्यसैगरी महामन्त्रीमा विजयी भएका डा. धवल शम्सेर राणाले २ हजार २ सय २१ मत ल्याएका थिए । नेपालगञ्ज महानगरपालिकाका मेयरसमेत रहेका राणा राजेन्द्र लिङ्देन समूहबाट निर्वाचनमा उठेका थिए । उनका प्रत्यासी भुवन पाठकले १ हजार ७ सय ५ मत ल्याएका थिए । राप्रपाको महिला महामन्त्रीमा विजयी भएकी कुन्ती शाहीले २ हजार ८ मत ल्याएकी थिईन् । उनका प्रत्यासी रेखा थापाले जम्मा १ हजार ६ सय ४० मत पाएकी थिइन ।
राप्रपाका नवनिर्वाचित अध्यक्ष लिङ्देनले धेरैलाई अकल्पनीय लागेको स्थापित नेतृत्व परिवर्तन गर्ने कुरालाई व्यवहारमै कार्यान्वयन गरेर आएको बताए ।  चुनावमा जित हासिल गरेपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले यो विषय नेतृत्व परिवर्तनका कुरा उठाउने अन्य दलका नेताहरुलाई पनि पाठ भएको बताए ।
‘राप्रपाको स्थापित नेतृत्वसँग प्रतिष्पर्धा गरेर नेतृत्व परिवर्तन गर्ने कुरा चानचुने कुरा थिएन,’ उनले भने, ‘हामीले उम्मेदवारी दिन्छौं भन्दा पनि मान्छेहरु अचम्म मान्छे । आज हामीले त्यसलाई सफल बनाएका छौं।’ उनले थपे, ‘२०४६ सालपछि नेपालको राजनीतिमा नेतृत्व गर्ने त्यो असफल पुस्ता जसलाई विस्थापित नगरीकन नेपालको राजनीतिमा सुधार हुँदैन भनेर भन्ने अन्य पार्टीका नेताहरुलाई पनि राष्ट्रि प्रजातन्त्र पार्टीले अब नेतृत्व गर्ने भयो ।’
आन्तरिक प्रतिष्पर्धामा जे जस्तो भए पनि राप्रपामा अब कुनै गुट नरहेको लिङ्देनको दावी छ। ‘आजबाट कुनै गट छैन राष्ट्रिय प्रजातन्त्र पार्टीमा,’ उलने भने, ‘कोही कसैको मान्छे छैन, सबै राप्रपाको मान्छे भएका छौं । र, हामीले त्यही प्रकारको व्यवहार गर्छौं।’ 
यस्तो छ लिङ्देनका चुनौति
पुराना नेता कमल थापालाई विस्थापित गरेर अध्यक्षको नेतृत्वमा पुगेका लिङदेनको यात्रा सहज भने छैन । राप्रपाले अघिल्लो चुनावमा खाएको धक्कालाई आगामी चुनावमा बिर्साउने प्रमुख चुनौति उनको सामु छ ।
राप्रपाले बोकेको हिन्दू राज्य र राजतन्त्रको मुद्दामा बढ्दो जनसमर्थन अकाट्य सत्य हो । तर, राप्रपाकै नेतृत्वमा यी दुई एजेन्डा फिर्ता हुन्छन् भनेर विश्वास गर्ने नेपालीहरु कमै छन् । राजतन्त्र र हिन्दू राज्य पक्षधर जनमतको वास्तविक नेतृत्व गर्ने अवसर र चुनौति लिङदेनसित छ ।
लिङदेन राजा फर्काउनका लागि पार्टीले सडक आन्दोलन चाँडै थाल्नुपर्ने पक्षमा छन् । तर, सडक आन्दोलनका बलमा राजा फर्काउने कुरा त्यति सहज छैन । यसका लागि आन्दोलनको ठूलै ज्वारभाटा सृष्टी गर्नुपर्ने हुन्छ, जुन सामथ्र्य अहिलेको राप्रपामा देखिँदैन । लिङदेनको तत्कालीन चुनौति चाहिँ पार्टीलाई एक राख्नु नै हुनेछ । अध्यक्ष गुमाएर झट्का खेपेका कमल थापाले लिङदेनलाई सौहार्दपूर्वक बधाइ त दिएका छन्, तर पार्टी सञ्चालनमा कति सहयोग गर्छन् भन्ने आगामी दिनमा देखिने छ । अर्कोतर्फ पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीका परम्परागत गुटहरुलाई पनि उनले समेटेर लैजानुपर्ने हुन्छ । अहिलेको निर्वाचन परिणाम हेर्दा पदाधिकारीमा थापा स्पष्ट बहुमतमा छन् । केन्द्रीय सदस्यको समिकरण प्रष्ट भइसकेको छैन । तर, पदाधिकारीमा अल्पमतमा परेको अवस्थामा पक्कै पनि लिङदेनका निम्ति पार्टी सञ्चालन सकसपूर्ण हुन सक्छ । यद्यपि, अब मनोनित हुने सहमहामन्त्री र प्रवक्ताका पदहरुमा ‘आफ्ना मान्छे’ ल्याएर उनले सन्तुलन मिलाउन सक्नुपर्ने हुन्छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।