logo

अबको केही समयमा राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दै

    1036   पटक पढिएको

११ कात्तिक/ अर्थ र व्यापार – अबको केही समयपछि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । अष्टलक्ष्मी शाक्यले बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई राजीनामा बुझाएसँगै गठबन्धनले पाण्डेलाई मुख्यमन्त्रीमा दाबी पेस गरेको छ । गठबन्धनले पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गर्दै ५९ जना सांसद्को हस्ताक्षर हिजै साँझ बुझाई सकेको छ ।
प्रदेश प्रमुखको कार्यालयले पनि बिहीबार दिउँसो ३ बजेभित्र मुख्यमन्त्रीमा दाबी गर्न समय दिएको छ । गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले नेकपा (एस) का संसदीय दलका नेता पाण्डेको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो ।  बागमती प्रदेशसभामा रहेका १०९ सांसदमध्ये सरकार बनाउन ५५ जना आवश्यक पर्छ । अहिले मुख्यमन्त्री हुँदै गरेका पाण्डेलाई आफ्नै पार्टी एकीकृत समाजवादीको १३, नेकपा माओवादी केन्द्रका २३, कांग्रेसको २२ र जसपाको १ गरी ५९ जना सांसदको समर्थन छ । 
एमालेमा भने पार्टी विभाजनपछि अहिले जम्मा ४३ जना सांसद छन् । मुख्यमन्त्रीमा पाण्डे आज दिउँसो ३ बजेपछि नियुक्त हुने सम्भावना रहेको छ । मुख्यमन्त्रीमा पाण्डेको नियुक्ति हुने तयारी भइरहँदा गठबन्धनबाट नयाँ बन्ने सम्भावित मन्त्रीको नामबारे चर्चा भइरहेको छ । सम्भावित नाममा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तान, नेपाली कांग्रेसका कृष्ण भँडेल र नेकपा (एकीकृत समाजवादी) का कृष्ण खनाल छन् ।
चर्चामा आए अनुसार माओवादी केन्द्रकी मोक्तानले आन्तरिक तथा मामिला मन्त्रालय पाउने सम्भावना छ । यो मन्त्रालय माओवादी केन्द्रले लिने सहमति बनेमा पूर्वमन्त्री शालिकराम जम्मकट्टेल नै सरकारमा सहभागी हुने गठबन्धन दल स्रोतको भनाई छ ।
यस सहमती अनुसार अर्थ मन्त्रालय कांग्रेसका भँडेलले पाउने चर्चा छ भने एकीकृत समाजवादीका खनालले सामाजिक विकास मन्त्रालय पाउने सम्भावना रहेको स्रोत बताउँछ । तर मन्त्रालय भागबन्डाका विषयमा गठबन्धनको बैठक बसिरहेकाले टुंगो भने अझै लाग्न बाँकी रहेको एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवं बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक मुनु सिग्देलले जानकारि गराइन् ।
मुख्यमन्त्रीसहित मन्त्री नियुक्तपछि बिहीबार दिउँसो साढे ३ बजे सपथको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न ३ बजेसम्मको समय दिइसकेकाले त्यसपछि नियुक्ति र सपथ ग्रहण गराइने तयारी छ । सपथको आवश्यक तयारी पुग्न नसकेकमा साढे ३ देखि अपराह्न ५ बजेभित्र बागमतीमा नयाँ सरकारका मुख्यमन्त्री तथा मन्त्रीले सपथ खाइसक्ने छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।