logo

नेता हरिनारायण रौनियारको सक्रियता : भारतीय शीर्ष नेतृत्वसँग भेटवार्ता, नेपाल–भारत सुसम्वन्धमा जोड

    1131   पटक पढिएको

५ कात्तिक/ अर्थ र व्यापार – पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित सांसद एवं जनता समाजवादी पार्टीका नेता हरिनारायण रौनियारले छिमेकी राष्ट भारतका राजनीतिक दलका शीर्ष नेताहरुसित भेटवार्ता गरेका छन् ।
सो भेटका क्रममा नेता रौनियारले नेपाल भारतबीच रहेको आर्थिक तथा सामाजिक सुसम्बन्धको निरन्तरतामा जोड दिए । दुई देशबीचको अपसी सम्बन्धलाई थप सुदृढ र परिस्कृत बनाउँदै आपसी हितका विषयमा सहकार्य गरिनुपर्नेमा रौनियारको जोड थियो । सो भेटवार्ताको क्रममा रौनियारले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका हुन् । 
सत्तासीन भारतीय जनता पार्टीका प्रभावशाली नेता सिंह सँग भएको भेटमा दुई देशबीचको साँस्कृतिक सम्बन्ध र सबैभन्दा नजिकको छिमेकी र नेपाल र भारतबीच केही समस्या देखिए पनि विश्वासमा आधारित सम्बन्धलाई बलियो बनाउने विषयमा छलफल भएको रौनियारले जानकारी दिए ।
यसैगरि, रौनियारले भारतीय जनता पार्टी नेता विजय जौलीसँग पनि भेट गरेका छन् । त्यसैगरी, भारतका पूर्वकेन्द्रीय स्वास्थ्यमंत्री तथा भारतीय जनता पार्टीका नेता डा. हर्षवर्धनसँग पनि भेट भएको रौनियारको सचिवालयले जनाएको छ । त्यसैगरि, भारत भ्रमणको क्रममा भारतीय नेता कर्ण सिंहसँग पनि भेट गरेका छन् ।
ती भेटवार्ताको क्रममा नेता रौनियारले नेपाल भारत सीमा क्षेत्रको सापेक्ष विकास, सीमानाका पूर्वाधारहरुको सुधार र स्तरोन्नति, पर्सा क्षेत्र नम्बर ३ को विकास लगायतका समसामयिक आर्थिक तथा सामाजिक सरोकारहरुको सहकार्यका लागि भारतीय नेताहरुलाई आग्रह गरेको उनको सचिवालयले जानकारी दिएको छ । 
सो भेटवार्ताको क्रममा भारतीय नेताहरुले नेपाल भारत सम्बन्ध उदाहरणीय रहेको र आपसी सहकार्य र साझोरीको निरन्तरतामा प्रतिबद्धता व्यक्त गरेको पनि नेता रौनियारले बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।