logo

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट सुरु हुँदै 

    1771   पटक पढिएको

२४ मंसिर/अर्थ र व्यापार – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अबको केही समयबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । ‘उत्साह, एकता, रूपान्तरण: सफल बनाऔं १४औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुक्रबार दिउँसो १ बजे भृकुटीमण्डपमा कांग्रेसको महाधिवेशन उद्घाटन हुन लागेको हो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो महाधिवेशनको उद्घाटन गर्ने छन् । उद्घाटन समारोहलाई देशका प्रमुख पार्टीका नेता, विदेशी प्रतिनिधि र कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले यसपटक उद्घाटन समारोहमा धेरै मानिस उतारेको छैन । काठमाडौं उपत्यकाभित्रका र स्वतःस्फूर्त काठमाडौंमा आएकाहरु मात्र उद्घाटन समारोहमा सहभागी हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले उद्घाटनसत्रमा करिब चारलाख मानिस उतार्ने जनाएको छ । जसकालागि विदेशबाट समेत अतिथिहरु आइसकेका छन् । कोरोना भाइरसको महामारीका कारण अपेक्षाकृत विदेशी भने आएका छैनन् । भारतबाट चारजना नेताहरु आइसकेका छन् । नेपालका सबै दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । महाधिवेशनमा नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी लगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।    
आगामी तीन दिनसम्म चल्ने सो महाधिवेशनमा सहभागी करीब चारहजार तीनसय जना प्रतिनिधिहरुले कांग्रेसको केन्द्रीय नेतृत्व चयन गर्नेछन् । कांग्रेस विधान अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीका लागि निर्वाचन हुनेछ । यसैगरि, ३५ खुला केन्द्रीय सदस्य, ९ महिला केन्द्रीय सदस्य, प्रत्येक प्रदेशबाट एक महिलासहित २१ केन्द्रीय सदस्य र विभिन्न समावेशी समूह अन्तर्गत ५६ जना केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ । 
सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्ने विधानको व्यवस्था छ भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यहरुबाट चयन हुनेछन् ।
सो निर्वाचनकालागि कांग्रेसको बन्दसत्र र निर्वाचन प्रक्रिया पनि शुक्रबारबाट नै सुरु भएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन शुक्रबार बिहान १० बजे भएको थियो । उम्मेदवार मनोनयन दर्ता शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने छ । उम्मेदवारी मनोनयन दर्ताउपर दाबी विरोध र जाँचबुझ पनि शनिबार साँझ ५ देखि ७ बजेसम्म र दाबी विरोधउपर निर्णयको काम पनि सोही दिन साँझ ७ बजेदेखि ९ बजेसम्म हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको पहिलो नामावली प्रकाशन शनिबार राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय आगामी आइतबार बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन आइतबार दिउँसो १२ः१५ बजे र मतदान आगामी सोमबार बिहान ८ बजेदेखि हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । 
सो निर्वाचनमा मतदान भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा हुनेछ भने मतदानमा २९ किसिमका मतपत्र हुनेछन् । उम्मेदवारको संख्या र पदअनुसारका आकार र रङका मतपत्रको व्यवस्था गरिनेछ । कांग्रेसमा अब कस्तो नेतृत्व आउला भन्ने चासो धेरैको छ, तर, कांग्रेसभित्र भने उम्मेदवारको टुंगो अझै लाग्न सकेको छैन । संस्थापन समूहबाट शेरबहादुर देउवा सभापतिको उम्मेदवार हुने भए पनि संस्थापनइत्तर समूहबाट उम्मेदवार टुंगो लागेको छैन । 
संस्थापनइतर समूहका प्रकाशमान सिंह र डा. शेखर कोइराला आ–आफ्नो अडानमा टसमस नभएपछि उम्मेदवार चयन गर्न सकस परिरहेको छ । विगतका महाधिवेशनमा जस्तो यसपटक पार्टीको नीति तथा कार्यक्रममा छलफल गरेर अनुमोदन हुनेछैन । आन्तरिक विवादका कारण पटक–पटक महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले कांग्रेसले यसपटक नेतृत्व चयन र नीति तथा कार्यक्रम छुट्टाछुट्टै प्रक्रियाबाट टुंग्याउने निर्णय गरेको थियो ।
महाधिवेशनमा सहभागी हुन अधिकांश महाधिवेशन प्रतिनिधिहरु काठमाडौं आइसकेका छन् । उनीहरूलाई बस्ने व्यवस्था सुन्धारा, गौशाला र ठमेलका लगायतका होटलहरुमा व्यवस्था गरिएको छ । खाना र नास्ताको व्यवस्था भने भृकुटीमण्डप परिसरभित्र हुनेछ । महाधिवेशनलाई लक्षित गरी नेपाल प्रहरीले तीन तहको घेरा र उच्च प्रविधिसहित सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।