logo

वाग्लेले लमजुङबाट प्रदेश अधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने

    3241   पटक पढिएको

१ असोज / अर्थ र व्यापार-  नेपाल कांग्रेसको चौधौं महाधिबेशनको लागी गण्डकी प्रदेश प्रतिनिधिमा लमजुङ प्रदेश “क” बाट गणेश वाग्लेले उम्मेद्वारी दिने भएका छन । वाग्ले यसअघि गत श्रावण १८ गते सम्पन्न वडा अधिवेशन वाट क्षेत्रिय प्रतिनिधि विजयी भएका थिए । 

विद्यार्थी राजनीतिवाट नेपाली कांग्रेसको राजीनितिमा सक्रिय वाग्ले यसअघि नेपाली कांग्रेस, लमजुङ–काठमाडौं सम्पर्क समितिको विभिन्न पदमा रहँदै हाल उपाध्यक्ष, नेपाल विद्यार्थी संघको दुई पटक केन्द्रिय महाधिवेशन प्रतिनिधि हुनुका साथै नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा लमजुङ वाट क्षेत्रीय प्रतिनिधि समेत निर्वाचित भएका थिए ।

“सम्पूर्ण अग्रजहरुको सम्मान गर्दै पार्टीलाई युवाहरुको आकर्षणको केन्द्र बनाउने जिम्मेवारी पुरा गर्न र आगामी निर्वाचनमा पार्टीलाई जनताको आशा र भरोसको केन्द्र बनाउन प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिँदैछु”–वाग्लेले भने । विगतका कमजोरीहरु वाट सिकेर आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई अग्रपंक्तिमा ल्याउन पनि सानैदेखि आँफुले गरेका कर्मले आँफुलाई सहज हुने उनले वताए । 

वाग्ले विद्यालयकाल देखि नै नेपाली विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । पार्टीमा इमान्दारिता, उत्तरदायित्व, लगनशिलता, उद्यमशिलता र सेवाको लागी राजनीति भन्ने अवधारणा स्थापित गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको उनले वताए । त्यसका साथै आगामी निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार लाई वडा तह देखि संघीय तहसम्म नै निर्वाचित गराउन र नेपाली कांग्रेसलाई गाँउस्तर बाटै सशक्त बनाउने आफ्नो अभियान रहेको उनले वताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

भ्रष्टाचार र कुशासन बिरूद्ध जेनजी पुस्ताको बेजोड प्रदर्शन

भ्रष्टाचार र कुशासनलाई लिएर आफूविरुद्धको आक्रोश दबाउन सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि त्यसको विरोधमा जेनजी पुस्ता अभूतपूर्वरुपमा सडकमा ओर्लिएर प्रदर्शन गरिरहेका छन् ।

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।