logo

विश्व पर्यटन दिवसको अवसरमा टानले हाईकिङ आयोजना गर्ने

 ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आगामी सेप्टेम्वर २५ का दिन ट्रेकिङ एजेन्सिज् एशोसिएशन अफ नेपाल (टान) ले ककनी देखि सुर्यचौरसम्म हाईकिङको आयोजना

22-09-18

नाट्टाद्वारा स्वयम्भु सरसफाई

नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार विहान मा स्वयम्भु सरसफाई गरेको छ । सरसफाईको उद्घाटन संस्कृति,पर्यटन तथा

21-09-18

टुरिजम विजनेश डाइरेक्टरी बजारमा

गन्तव्य नेपाल ग्रुपले टुरिजम विजनेश डाइरेक्टरी २०१८/ १९ प्रकाशनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाईरेक्टोरीको विमोचन गरे । 

21-09-18

यति वाईक रेस सम्पन्न

नेपालमै पहिलोपटक छ जना विदेशी नागरिकहरुले यति बाईक रेसमा सहभागिता जनाएका छन । साहसिक पर्यटनमा विश्व प्रसिद्ध नागरिक एपोलोको संयोजनमा छ

08-09-18

पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइने

संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र ढंगले अघि बढाएको र सबै संघ–संस्थाले सहयोग गर्नुपर्ने वताएका छन ।

04-09-18

मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमाः अर्थमन्त्री 

१३ भदौ/अर्थ र व्यापार– अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुक सवल अर्थतन्त्र निर्माणको प्रथम चरणमा प्रवेश गरेको बताएका छन् ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १९ औं वार्षिक साधारण सभाको बुधबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्रबारे नकारात्मक टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् । मन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र खतराको विन्दुमा नरहेको उल्लेख गर्दै सवल अर्थतन्त्रको सकारात्मक पक्षलाई केही नकारात्मक सूचकले ढाक्ने प्रयास गर्न नहुने बताए । अर्थतन्त्रको सकारात्मक पक्षलाई ढाक्ने प्रयास गरे सवल अर्थतन्त्र निर्माणका लागि आवश्यक आन्तरिक, बाहृय तथा निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिर्ने बताए ।

29-08-18

होटल सोल्टीमा बिम्स्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु 

१३ भदौ/अर्थ र व्यापार– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि र बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् । बैठक राजधानीको होटल सोल्टीमा जारी छ ।   परराष्ट्रमन्त्रालयका अनुसार बैठकमा भोलि बिहिबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुने छ ।

29-08-18

अबदेखी नापी तथा मालपोत कार्यालयका सम्पूर्ण काम अनलाईनबाटै 

१२ भदौ/अर्थ र व्यापार– भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्माकुमारी अर्यालले सेवाग्राहीको हितलाई ध्यानमा राख्दै नापी तथा मालपोत कार्यालयमा सम्पूर्ण काम अनलाईनबाटै सुरु गर्न सम्बन्धित अधिकारीलाई निर्देशन दिएकी छन् । मन्त्री अर्यालले नापी तथा मालपोत कार्यालयमा अनलाईनबाट काम सुरु गर्न कुनै कानुनी तथा प्राविधिक जटिलता भए मन्त्रालय समाधान गर्न तयार रहेको जानकारी दिईन ।  नमूनाको रुपमा पहिलो पटक उपत्यका मालपोत तथा नापी कार्यालयमा सेवाग्राहीले अनलाइनबाट निवेदन दिन सक्ने उनले बताइन् । उनले नापी विभाग र मालपोत कार्यालय अधिकारीलाई ११ बुँदे निर्देशनसमेत दिएकी छिन् ।

28-08-18

बिहीवार र शुक्रबार स्कुल तथा कलेज बन्द हुने

१२ भदौ/अर्थ र व्यापार– काठमाडौंमा हुने चौथो विम्स्टेक शिखर सम्मेलनलाई ध्यान दिँदै गृह मन्त्रालयले बिहीवार र शुक्रवार उपत्यकाभित्रका सम्पूर्ण शैक्षिक संस्थालाई विदा दिने निर्णय गरेको छ ।  विम्स्टेक सम्मेलन अवधिभर स्कुल तथा कलेजहरु पूर्णरुपमा बन्द गर्ने गृह मन्त्रालयले निर्णय गरेको हो ।  आज गृह मन्त्रायलमा बसेको शान्ति सुरक्षा महाशाखाको बैठकले बिहीवार र शुक्रवार बिदा दिने निर्णय गरेको हो तर सार्वजनिक विदा भने हैन ।

28-08-18

शहीद परिवारलाई रोजगारी दिंदै प्रदेश सरकार

१२ भदौ/अर्थ र व्यापार– प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई रोजगारी दिन सुरू गरेको छ ।  सरकारले मंगलबार एक कार्यक्रमका बीच तेस्रो मधेस आन्दोलनका क्रममा शहीद भएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई नियुक्तिपत्र थमाएको हो ।  मुख्य न्यायाधीवक्ताको कार्यालयमा उनलाई नियुक्ति दिइएको हो । कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले निलम देवी राउतलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

28-08-18

मेलम्ची खानेपानी आयोजना समयमै सम्पन्न गर्न विकास समितिको निर्देशन 

१२ भदौ/अर्थ र व्यापार– प्रतिनिधि सभाको विकास समितिले मेलम्ची खानेपानी आयोजना पूर्व निर्धारित समयमा सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ ।  काम सक्ने निर्धारित मिति बारम्बार परिवर्तन हुँदा सम्बन्धित निकायको विश्वसनीयता तथा कार्यसम्पादन प्रति गम्भीर प्रश्न उठेको भन्दै समितिले सरकारको ध्यानाकर्षण गराइएको हो ।  आयोजनाको हेडवर्क्स, सुरुङभित्रको फिनिशिङको काम अझै बाँकी रहेको, निर्माण व्यवसायीको सुस्त कार्यसम्पादन र कमजोर व्यवस्थापनलाई तत्काल सम्बोधन गरी पूर्वनिर्धारित समयभित्रै आयोजना सम्पन्न गरी पानी वितरणको व्यवस्थापन गर्न समितिले खानेपानी मन्त्रालयलाई निर्देशन दिएको छ । 

28-08-18

पश्चिम सेती आयोजनाः थ्री गर्जेजको अध्यक्ष सहितको वार्ता टोली नेपाल आउँदै

११ भदौ/अर्थ र व्यापार– चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन का अध्यक्ष लु चुनसहितको उच्चस्तरीय टोली आज (सोमबार) नेपाल आउँदै छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेतीबारे छलफलका लागि कम्पनीका अध्यक्ष लु चुनसहितको टोली नेपाल आउने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए ।  २०६८ मा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अहिलेसम्म आयोजना निर्माणको सुरसार गरेको छैन । थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले वार्ताका लागि बोलाएको थियो । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ । सरकारले स्वदेशी लगानीमा बनाउने भने पनि आयोजना निर्माणको लागि चिनियाँ कम्पनीलाई दिइएको सम्झौता तोडिएको छैन ।

27-08-18

बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला हुँदै

११ भदौ/अर्थ र व्यापार– ग्रेस इन्टरनेशनलको आयोजनामा आगामी बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला सञ्चालन हुने भएको छ । मेला बुटवलमा १४ गते, चितवनमा १५ गते र १७ गते काठमाडौंमा आयोजना हुने बताइएको छ ।  कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

27-08-18

बिहीबार त्रिभुवन विमानस्थल साढें २ घण्टा बन्द हुने 

११ भदौ/अर्थ र व्यापार– आउदो विहिवार भदौ १४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल विहान ८ बजेदेखि साढे १० सम्म बन्द हुने भएको छ ।   बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधि (भीभीआईपी)को आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको हो । विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए । विहान ८ बजेदेखि साढे १० सम्मसर्वसाधारणले विमानस्थलमा प्रवेश पाउने छैनन् ।

27-08-18

एमसीसी अन्तर्गतको चार सय केभी अन्तरदेशीय प्रसारणलाइन परियोजनाको अध्ययन सुरु

१० भदौ/अर्थ र व्यापार– काठमाडौंको लप्सीफेदीबाट सुनवल सम्म चार सय केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणका लागि अध्ययन सुरु भएको छ । अमेरिकी सरकारको ‘मिलिनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतको कम्प्याक्ट कार्यक्रममार्फत् ठूलो क्षमताको प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढेको हो । सन् २०१९ को सेप्टेम्बरबाट निर्माण सुरु गर्ने लक्ष्यका साथ परियोजना प्रतिवेदन र पूर्वातयारीको लागि कम्पनी छनोट भएको छ । यसका लागि रसियन कम्पनी स्टानटेकले जिम्मा पाएको छ । चार सय केभीको अन्तरदेशीय प्रसारणलाइन निर्माणको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययन प्रतिवेदनको कामका लागि परामर्शदाता छानिएर फिल्डमा अध्ययन काम सुरु भएको हो ।

26-08-18

बुधबारदेखि सवारी साधनमा जोरबिजोर प्रणाली

१० भदौ/अर्थ र व्यापार– बिमस्टेक सम्मेलनमा ट्राफिक व्यवस्थापन सहज बनाउन काठमाडौँ उपत्यकाका सबै सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । चार पाङ्ग्रे, दुई पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी नवराज लम्सालले बताए । भदौ १३ गते बुधबार, १४ गते बिहीबार र १५ गते शुक्रबार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागु गर्ने भएको हो ।

26-08-18

मन्त्रालय फुटेसंगै जग्गा कित्ताकाटको काम रोकियो 

६ भदौ/अर्थ र व्यापार– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले  जग्गाको कित्ताकाट साउन भित्रै फुकाउने तयारी गरेका भएपनि मन्त्रालय फूट्दा जग्गा कित्ताकाटको काम रोकिएको छ ।  कित्ताकाट फुकाउने तयारी गरिरहँदा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फूट्यो र मन्त्री चक्रपाणी खनालको भागमा कृषि मन्त्रालय मात्रै पर्यो ।  भूमि मन्त्रालयको जिम्मेवारी पद्माकुमारी अर्याललाई दिइयो । अर्याल आएपछि कित्ताकाट फुकाउने बारे छलफल त भएपनि फेरी सरुवातबाटै प्रक्रिया अगाडी बढाउन पर्ने भएको हो ।  भुमि मन्त्री पद्माकुमारी अर्यालले जग्गाको कित्ताकाट फुकाउने विषयमा थप गृहकार्य आवश्यक देखिएको जानाकारी दिए । कृषियोग्य जमिनको खण्डीकरण नहुने गरि जग्गाको वर्गीकरण गरेर बाँकी जग्गाको कित्ताकाट फुकुवा गरिने बताईन । उनका अनुसार कृषि, पशुपालन, वन, उद्योग र वस्तीका आधारमा जग्गाको वर्गीकरण गरिनेछ । कृषि योग्य जमिन नचलाएर कित्ताकाट फुकुवा हुने र भविष्यमा समस्या नआउने गरि थप गृहकार्य गर्न आबश्यक रहेको बताईन । 

22-08-18

सञ्चालनमा आएको पाँचदिनमै कलंकीको 'अण्डरपास वे' बन्द

६ भदौ/अर्थ र व्यापार– चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कलकींको ‘अण्डरपास वे’ सञ्चालनमा आएको पाँच दिनमै बन्द भएको छ ।  चक्रपथ सुधार आयोजनाले प्राविधिक काम बाँकी रहेको भन्दै ‘अण्डरपास वे’ बन्द गराएको हो ।  नेपालकै पहिलो अण्डरपास भदौ १ गतेबाट सञ्चालनमा ल्याइएको थियो । तर अहिले आयोजनाले केहि समय गाडी रोकेर काम गर्नका लागि अण्डरपास वे बन्द गरेको छ ।

22-08-18

संसदमा शिक्षा विधेयक: निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था १० प्रतिशतमा खुम्चियो

६ भदौ/अर्थ र व्यापार– सरकारले निजी विद्यालयलाई फाइदा पुग्ने गरी शिक्षा विधेयकको मस्यौदा फेरेर संसद्मा दर्ता गरेको छ ।  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मंगलबार पेस गरेको मस्यौदामा अनिवार्य तथा निशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर दर्ता गरेको विधेयक मन्त्रिपरिषद्ले आइतबार स्वीकृत गरेको थियो ।  कानुन आयोगले तयार गरेको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको हो । निजी विद्यालय सञ्चालकको दबाबमा मस्यौदामा छात्रवृत्तिको प्रतिशत घटाइएकोे मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।  आयोगले चैत २३ मा शिक्षा मन्त्रालयमा पठाएको मस्यौदामा निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था थियो । तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठ, मन्त्रालयका सचिव, सहसचिवहरू, निजी विद्यालयका प्रतिनिधि र सरोकारवालाले छलफल गरेर मस्यौदा टुंग्याएका थिए । आरक्षण गरिएको स्थानमा सूचना प्रकाशन गरी प्रतिस्पर्धाका आधारमा योग्य र सक्षम बालबालिकालाई भर्ना गर्नुपर्ने प्रावधान विधेयकमा छ ।

22-08-18

मलेसिया सरकारले पठायो नेपाली कामदारसम्बन्धि द्वीपक्षीय समझदारीपत्रको मस्यौदा

५ भदौ/अर्थ र व्यापार– मलेसिया सरकारले कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पठाएको छ ।  मलेसियाको मानव संशाधन मन्त्रालयले त्यहाँको परराष्ट्र मन्त्रालयमार्फत् नेपालको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कामदार सम्बन्धी द्वीपक्षीय सझदारीपत्रको मस्यौदा पठाएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

21-08-18

निर्माण प्रक्रिया बढ्यो नौविसे–नागढुङगा सुरुङमार्गको, सन् २०२२ भित्र निर्माण सम्पन्न हुने

५ भदौ/अर्थ र व्यापार– नागढुङगा–नौबिसे सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढेको छ ।  सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि ग्लोवल टेण्डर निकालिसकेको छ । गत साउन २३ गते आयोजनाले ग्लोवल टेण्डर आव्हान गरेको हो । महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार, ६० दिनभित्र कम्पनीहरुले दिएको आवेदनको मुल्याङकन गरेर प्रारम्भिक सुची तयार पारिनेछ । त्यसपछि आर्थिक तथा प्राविधिक प्रस्ताव खोलिने छ । उच्चतम प्रविधि र न्युनतम लागत प्रस्ताव गर्ने कम्पनले टेण्डर पाउने छ । सबै प्रक्रिया सक्नका लागि चार महिनाको समय लाग्ने छ । जनवरीबाट उत्कृष्ट कम्पनीलाई ठेक्का दिएर मोविलाइज गरि कन्स्ट्रक्सनको काम नै थाल्ने योजना महाशाखाकोे छ ।  अहिलेसम्म मुआब्जाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । यो आर्थिक बर्षभित्रमा ९० करोड वितरण गरेर मुआब्जाको विषय टुङग्याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए । आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । 

21-08-18

तीन ठाउँमा पेट्रोलियम अन्वेषण गर्दै चिनियाँ कम्पनी 

५ भदौ/अर्थ र व्यापार– चिनियाँ कम्पनीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतारा–बराहक्षेत्रको पेट्रोलियम खानीको अन्वेषण गर्ने भएको छ ।   पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए । चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरेर चिनियाँ कम्पनीलाई सम्झौताको खाका पठाउने तयारी गरिरहेको विभागले जनाएको छ ।  चिनियाँ टोलिलाई सहज हुने र नेपाललाई आर्थिक रुपमा फाइदा हुनेगरि कार्य योजनामा छलफल गरिरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटालेले बताए ।  सहमतिको खाकामा चिनियाँ कम्पनी सहमत हुने बित्तिकै सम्भवत आगामी दशैं तिहारपछि नै पेट्रोलिय खानीको विस्तृत अध्ययन सुरु हुने सापकोटाले बताए । 

21-08-18

पेट्रोल, डिजल र हवाइ इन्धनको मुल्य बृद्धी 

४ भदौ/अर्थ र व्यापार– नेपाल आयल निगमले पेट्रोल, डिजल र हवाइ इन्धनको मुल्यमा फेरि बृद्धी गरेको छ ।  निगम सञ्चालक समिति बैठकले पेट्रोलको एक रुपैयाँ, डिजेलको दुई रुपैयाँ र हवाइ इन्धनको साढे चार रुपैयाले भाउ बढाएको हो । खाना पकाउने ग्यासको भाउ भने यथावत राखेको छ ।  नयाँ भाउ अनुसार पेट्रोल प्रति लिटर १११ रुपैयाँ पर्नेछ भने मट्टितेल र डिजेल प्रति लिटर ९५ रुपैयाँ पर्नेछ ।  अमेरिकी डलरको भाउ ११२ रुपैयाँभन्दा माथि पुगेको छ । अमेरिकी डलरको भाउ आकासिन थालेपछि निगमले पनि इन्धनको मूल्य बढाएको हो ।

20-08-18

विनासकारी भूकम्पको ३ बर्षमा २७ प्रतिशत मात्र निर्माण सम्पन्न, कहिले सकिन्छ पुननिर्माण ?

४ भदौ/अर्थ र व्यापार– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले आव २०७५–०७६ लाई पुनर्निर्माण वर्षका रुपमा अभियान सञ्चालन गर्ने र आव २०७६–०७७ मा सबै घर निर्माण कार्य पूरा हुने बताए । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३औँ वार्षिकोत्सवको अवसरमा भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनासम्बन्धी विचार गोष्ठीमा सचिव कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्रै निर्माण सम्पन्न हुने बताएका हुन् ।  विसं २०७२ को भूकम्प पिडितहरुमध्ये २७ प्रतिशत लाभग्राहीले मात्र घर निर्माण कार्य पूरा गरेको जानकारी दिएको छ । चौध जिल्लामा आठ लाख ०७ हजार ४८६ लाभग्राही रहेको, सात लाख २२ हजार १७६ सँग अनुदान सम्झौता भएको, पाँच लाख ४१ हजार ४४० घर निर्माण सुरु गरेको, तीन हजार ८१५ विद्यालय निर्माण सम्पन्न भएको बताइएको छ ।

20-08-18

देशैभर शिक्षकहरु आन्दोलित

३ भदौ/अर्थ र व्यापार– नेपाल शिक्षक महासंघको आव्हानमा आइतबार देखि देशैभरका शिक्षकहरु बिभिन्न माग राखेर आन्दोलित भएका छन् ।   अस्थायी शिक्षकको अबिलम्ब परीक्षा गरिनुपर्ने, उच्च माविमा कार्यरत शिक्षकहरुको दरबन्दीको ब्यवस्था गरी स्थायित्वको प्रक्रिया थाल्नुपर्ने, स्थानीय तहले गरिरहेको जथाभावी शिक्षक नियुक्ति, सरुवा र बर्खास्ती रोक्नुपर्ने, स्थानीय तहको मनपरी नीति नियम निर्माण रोकिनुपर्ने जस्ता माग गर्दै आन्दोलन गरेका हुन् । 

19-08-18

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.