logo

निर्माण प्रक्रिया बढ्यो नौविसे–नागढुङगा सुरुङमार्गको, सन् २०२२ भित्र निर्माण सम्पन्न हुने

    2976   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– नागढुङगा–नौबिसे सुरुङमार्गको निर्माण प्रक्रिया अघि बढेको छ । 

सडक विभाग अन्तर्गतको वैदेशिक समन्वय महाशाखाले सुरुङमार्ग निर्माणका लागि ग्लोवल टेण्डर निकालिसकेको छ । गत साउन २३ गते आयोजनाले ग्लोवल टेण्डर आव्हान गरेको हो ।

महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार, ६० दिनभित्र कम्पनीहरुले दिएको आवेदनको मुल्याङकन गरेर प्रारम्भिक सुची तयार पारिनेछ । त्यसपछि आर्थिक तथा प्राविधिक प्रस्ताव खोलिने छ । उच्चतम प्रविधि र न्युनतम लागत प्रस्ताव गर्ने कम्पनले टेण्डर पाउने छ ।

सबै प्रक्रिया सक्नका लागि चार महिनाको समय लाग्ने छ । जनवरीबाट उत्कृष्ट कम्पनीलाई ठेक्का दिएर मोविलाइज गरि कन्स्ट्रक्सनको काम नै थाल्ने योजना महाशाखाकोे छ । 

अहिलेसम्म मुआब्जाका लागि ७० करोड रुपैयाँ विनियोजन गरिसकेको छ । यो आर्थिक बर्षभित्रमा ९० करोड वितरण गरेर मुआब्जाको विषय टुङग्याउने योजना बनाएको श्रेष्ठले जानकारी दिए । आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नु पर्ने छ । 

दुईवटा लेन ३.५–३.५ मिटरको हुनेछ भने एउटा बीचको लेन साढे दुई मिटरको हुनेछ । सवारीसाधन विग्रिए वा त्यसमा कुनै समस्या आएमा साइड लगाउन वा बाहिरसम्म निकाल्नका लागि यो लेनको प्रयोग गरिन्छ । सुरुङमार्ग भित्रबाट एउटा अर्को इस्केप्ट टनेल निर्माण हुने छ, त्यहाँ दुर्घटना भए बाहिर निस्कनका लागि प्रयोग गरिन्छ । 

जाइकाको आर्थिक र प्राविधिक सहयोगमा जापानको निप्पन इन्जिनयरिङले निर्माण गरेको डिपिआरको अध्ययन गरेर जापान सरकारले ’नो अब्जेक्सन’ लेटर दिएपछि टेण्डर प्रक्रियामा गएको महाशाखाले जनाएको छ ।

नागढुङगा–नौविसे सडकखण्ड अन्तर्गत बस्नेतछापदेखि सिस्नेखोलासम्म २.७ किलोमिटर सुरुङमार्ग निर्माण हुनेछ । महाशाखाका अनुसार सुरुङमार्ग ९.५ मिटर चौडाईमा तीन लेनको हुनेछ । 

सुरुङमार्ग निर्माणका लागि २२ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापानीज सरकारको सहुलियत ऋण र छ अर्ब रुपैयाँ नेपाल सरकारको हुनेछ । सन् २०२२ भित्रमा नेपालकै पहिलो सुरुङमार्ग निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।