logo

पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइने

    1900   पटक पढिएको

१९ भाद्र / अर्थ र व्यापार- संस्कृति,पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रविन्द्र अधिकारीले नेपाल भ्रमण वर्ष २०२० को तयारी तिव्र ढंगले अघि बढाएको र सबै संघ–संस्थाले सहयोग गर्नुपर्ने वताएका छन । विगतमा पर्यटकको तथ्यांक सही नभएका कारण पनि पर्यटकको संख्या र पर्यटन क्षेत्रको कूल गार्हस्थ उत्पादनमा योगदानको यथार्थ विवरण आउन नसकेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्यटन स्याटेलाइट एकाउन्टको माध्यमबाट तथ्यांक व्यवस्थित गरिने बताए ।

मंगलवार नेपाल पर्वतारोहण संघले आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले सर्वोच्च शिखर सगरमाथा सहितका अग्ला चर्चित हिमालले नेपालको पर्यटनलाई विश्वबजारमा परिचित गराएकोले ति हिमालको उचित प्रचार–प्रसार र सञ्चालन व्यवस्थापन गरी पर्वतीय पर्यटनलाई युनिक प्रोडक्टको रुपमा अघि बढाइनुपर्ने वताए ।

संघको समीक्षा तथा पछिल्लो गतिविधिका बारे जानकारी दिन आयोजित उक्त कार्यक्रममा पूर्व पर्यटनसचिव सुरेशमान श्रेष्ठले समृद्धिको पहिलो आधार पर्यटन क्षेत्र नै भएकाले यसको प्रभावकारी प्रवद्र्धनका लागि प्रधानमन्त्रीको संयोजक रहेको उच्च स्तरको ‘पर्यटन क्षेत्र’ सहजिकरण समिति गठन गरिनुपर्ने वताए । संघका अध्यक्ष सन्तवीर लामाले सरकारले घोषणा गरेको भ्रमण वर्षलाई सार्थक तुल्याउन संस्थाले अन्य पर्यटकीय संस्थासँगको समन्वयमा प्रभावकारी कार्यक्रम ल्याउने वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।