logo

तीन ठाउँमा पेट्रोलियम अन्वेषण गर्दै चिनियाँ कम्पनी 

    2070   पटक पढिएको

५ भदौ/अर्थ र व्यापार– चिनियाँ कम्पनीले सुर्खेत–दैलेख, बुटवल–पाल्पा र चतारा–बराहक्षेत्रको पेट्रोलियम खानीको अन्वेषण गर्ने भएको छ ।  

पेट्रोलियम खानीको अन्वेषण गर्न चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरि सम्झौता गर्ने र कुनै एक खानीमा ड्रिलिङ गर्ने खानी विभागका पेट्रोलियम अन्वेषण परियोजना प्रमुख सुधिर रजौरेले बताए ।

चिनियाँ कम्पनीले पठाएको कार्ययोजनामा छलफल गरेर चिनियाँ कम्पनीलाई सम्झौताको खाका पठाउने तयारी गरिरहेको विभागले जनाएको छ । 

चिनियाँ टोलिलाई सहज हुने र नेपाललाई आर्थिक रुपमा फाइदा हुनेगरि कार्य योजनामा छलफल गरिरहेको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमनाथ सापकोटालेले बताए । 

सहमतिको खाकामा चिनियाँ कम्पनी सहमत हुने बित्तिकै सम्भवत आगामी दशैं तिहारपछि नै पेट्रोलिय खानीको विस्तृत अध्ययन सुरु हुने सापकोटाले बताए । 

विभागले पेट्रोलियम खानी अन्वेषण गर्ने चिनियाँ कम्पनीलाई सहज हुने गरि जग्गा प्राप्ति, कानुनी जटिलता, वातावरणीय प्रभाव र अन्वेषण गर्ने मोडालिटिको वारेमा छलफल गरिरहेको छ । 

यसै महिना चिनियाँ कम्पनीको विज्ञ टोली नेपाल आउने तयारी भएपनि नेपाल र चिनियाँ दुवैतर्फ नेतृत्व फेरबदल हुँदा यो महिनाको मिति भने पर सरेको विभागको भनाई छ ।

सरकारी पहलमा सुरु हुन लागेको पेट्रोलियम अन्वेषणको काम सुरु भएपछि अन्य ठाउँमा रहेका पेट्रोलियम खानीको अन्वेषणको लागि पनि तयारी थाल्ने महानिर्देशक सापकोटाले बताए ।

चिनियाँ पक्षले काम सुरु गर्ने तयारी सहित दुई अर्ब १० करोड रुपैयाँ बजेट छुट्ट्याइसकेको छ ।

नेपालमा यसअघि सोल ट्राइगन नेदरल्याण्ड, केयर इनर्जी स्कटल्याण्ड, टेक्साना रिसोर्सेस अमेरिका, बिबिबी च्याम्पियन्स अमेरिका र इएबीजी कम्पनी युएईले पेट्रोलियम अन्वेषणको काम गरेपनि बिचमै काम छोडेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।