logo

टुरिजम विजनेश डाइरेक्टरी बजारमा

    1945   पटक पढिएको

५ असोज / अर्थ र व्यापार- गन्तव्य नेपाल ग्रुपले टुरिजम विजनेश डाइरेक्टरी २०१८/ १९ प्रकाशनमा ल्याएको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डाईरेक्टोरीको विमोचन गरे । 

कार्यक्रममा बोल्दै यादवले नेपालमा पर्यटनको भविष्य व्यापक रहेको भन्दै सो ठाउँहरुको अनुगमन गरी अघि बढ्नुपर्ने बताए । उनले टुरिजम विजनेश डाइरेक्टरी प्रकाशन गरेर गन्तव्य नेपालले अत्यन्तै स¥हानिय  भूमिका निभाएको बताउँदै यो पर्यटन क्षेत्रको लागि उपयोगी रहेको बताए । कार्यक्रममा नेपाली कांगे्रसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले पर्यटनको विकास पर्यटन विकास र विस्तारमा आफू र आफ्नो पार्टी जहिल्यै पनि तयार रहने बताए ।

नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दिपक महतले पर्यटन बोर्ड प्रति पर्यटन मन्त्रालयले गरेको हैकमवादी प्रवृद्धिको कटाक्ष गर्दै पर्यटन बोर्डले निजी क्षेत्रलाई बेवास्ता गरेको बताए । उनले मन्त्रालयले आफूहरुप्रति गरेको वाएसलाई गम्भीररुपमा लिएको बताए । त्यसैगरी नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेले डाइरेक्टरी प्रकाशन अत्यन्तै सकारात्मक रहेको बताउँदै पर्यटन विकास र प्रवद्र्धन सबैको हातेमालोले मात्र सम्भव रहेको बताए । 

गन्तव्य नेपाल गुप्रका अध्यक्ष शिव अधिकारी (अविरल) ले ग्रुपको पर्यटन प्रवद्र्धनार्थ टुरिजम विजनेश डाइरेक्टरी प्रकाशनमा ल्याएको बताएको छ । यो डाइरेक्टरी पर्यटन व्यवसायी र त्यससँग सरोकार राख्ने व्यवसायीहरुको व्यवसायलाई सहजीकरण गर्न निकालिएको उनले बताए ।

त्यसैगरी कार्यक्रममा उत्कृष्ठ पर्यटक पत्रकारीता अवार्ड २०१८ बाट नेपाल टेलिभिजनका निर्देशक राजु सिलवाल, गोरखापत्र राष्ट्रिय दैनिकका सहसम्पादक शरदराज सुवेदी, राष्ट्रिय समाचार समितिका विकास लोहनी, राजधानी दैनिकका वरिष्ठ समाचारदाता मधुजंग पाण्डे, नागरिक राष्ट्रिय दैनिक वरिष्ठ समाचारदाता नवराज अधिकारी, कान्तिपुर राष्ट्रिय दैनिकका समाचारदाता सुरज कुंवर, इमेज टेलिभिजनका वरिष्ठ समाचारदाता शंकर खनाल, मेघा टेलिभिजन समाचारदाता कल्पना मर्हजन, रातोपाटी डटकम समाचारदाता सुजन पन्त, सगरमाथा टेलिभिजनका समाचारदाता श्रीकृष्ण सुवेदी, वल्र्ड वाइड प्रोडक्सन प्रालिका कुमार चौलागाई र प्रेस तथा छापाखाना विधाअन्तर्गत शारदा प्रिन्ट्रिङ प्रेसका भीमप्रसाद सापकोटालाई अवार्ड प्रदान गरियो । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।