logo

होटल सोल्टीमा बिम्स्टेक परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु 

    1596   पटक पढिएको


१३ भदौ/अर्थ र व्यापार– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि र बिम्स्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक शुरु भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन गर्नेछन् । बैठक राजधानीको होटल सोल्टीमा जारी छ ।  

परराष्ट्रमन्त्रालयका अनुसार बैठकमा भोलि बिहिबारदेखि सुरु हुने बिमस्टेक शिखर सम्मेलनको तयारी, तथा हिजो सम्पन्न सचिव स्तरीय बैठकको प्रतिवेदन र बिमस्टेकका महासचिवको प्रतिवेदनमाथि छलफल हुने छ ।

बैठकले शिखर सम्मेलनका लागि समझदारी पत्र तथा चौथो शिखर सम्मेलन र काठमाण्डौ घोषणापत्रको मस्यौदालाई पनि अन्तिम रुप दिने छ ।

बैठकमा भारतको प्रतिनिधित्व बाह्य मामिला राज्यमन्त्री भि के सिंह, बंगलादेशको नेतृत्व विदेशमन्त्री अबुल हसन महमुद अलि, म्यान्मारका अन्तराष्ट्रिय सहयोग सम्बन्धी संघीय मन्त्री क्याव तिनले गरेका छन् । 

यस्तै श्रीलंकाका विदेशराज्य मन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डल बैठकमा सहभागी भएको छ ।

भुटानले भने आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्था सचिव सोनाम छोङलाई परराष्ट्रमन्त्रीस्तरीय बैठकमा प्रतिनिधित्व गर्न पठाएको छ ।

परराष्ट्रमन्त्रीस्तरीय बैठकले मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरणको साथै शिखर सम्मेलनका कार्यसूची पनि पारित गर्ने छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।