logo

बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला हुँदै

    1850   पटक पढिएको

११ भदौ/अर्थ र व्यापार– ग्रेस इन्टरनेशनलको आयोजनामा आगामी बुधबारदेखि वृहत् अष्ट्रेलियन शैक्षिक मेला सञ्चालन हुने भएको छ ।
 मेला बुटवलमा १४ गते, चितवनमा १५ गते र १७ गते काठमाडौंमा आयोजना हुने बताइएको छ । 

कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर, मास्टर गर्न विदेश जाने योजना बनाइरहेका विद्यार्थीलाई अष्ट्रेलियाका कलेज तथा विश्वविद्यालयका प्रतिनिधि तथा ग्रेस इन्टरनेशनलका मान्यता प्राप्त अनुभवी शैक्षिक परामर्शदाताहरुद्वारा करियर काउन्सेलिङसँगै अबोर्ड स्टडीका विविध विषयमा परामर्श दिन यो शैक्षिक मेला आयोजना गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।

आयोजक संस्थाका अनुसार यस शैक्षिक मेलामा अष्ट्रेलियाका २० भन्दा बढी विश्वविद्यालय तथा कलेजहरुको प्रत्यक्ष सहभागिता रहनेछ, जहाँ विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुले विद्यार्थीको शैक्षिक आर्थिक, भाषिक योग्यता हेरेर काउन्सेलिङ गर्नेछन् ।

शैक्षिक मेलामा विद्यार्थीले अष्ट्रेलियन शिक्षा, त्यहाँका विश्वविद्यालय, कलेजका बारेमा जानकारी पाउनेछन् भने, आईएलटीएसमा कसरी उच्च अंक ल्याउने तथा करियर निर्माणमा कस्ता विषय अध्ययन गर्न सकिन्छ भन्ने परामर्श लिन सक्ने आयोजकको भनाई छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।