logo

गाडी उत्पादक कम्पनी निसानले सन् २०३० सम्ममा विद्युतीय गाडी मात्रै उत्पादन गर्ने ,ब्याट्री कारखाना पनि आफ्नै

    880   पटक पढिएको


९ असोज/अर्थ र व्यापार – जापानी अटोमोबाइल कम्पनी निसानले सन् २०३० सम्ममा सबै विद्युतीय गाडी मात्र उत्पादन गर्ने घोषणा गरेको छ । निसानले सन् २०३० सम्ममा युरोपमा बिक्री हुने आफ्ना सबै सेग्मेन्टका गाडीहरू विद्युतीय हुने प्रतिबद्धता गर्दै त्यतर्फको योजनालाई गति दिने भएको हो।
बेलायतले नयाँ पेट्रोल र डिजेल कारहरूको बिक्रीमा सन् २०३० को प्रतिबन्ध सन् २०३५ सम्म स्थगित गरेपनि निसानले अहिले यस्तो घोषणा आएको हो । कार व्यापार निकाय एसएमएमटीले प्रतिबन्ध स्थगनले उपभोक्ताहरूले विद्युतीय सवारीसाधनमा स्विच गर्न ढिलाई गर्ने चिन्ता व्यक्त गरेको छ ।
निसानले दशकको अन्त्यसम्ममा नयाँ ब्याट्री प्रविधि पनि ल्याउने छ । जसले विद्युतीय सवारी साधन (इभी) को चार्जिङ समय र लागत दुवै झन घटाउने अपेक्षा गरिएको छ। ‘निसानले सन् २०३० सम्ममा युरोपमा विद्युतीय गाडी मात्रै ल्याउने छ । यो हाम्रो व्यवसाय, हाम्रा ग्राहकहरू र ग्रहको लागि सही कुरा हो’ निसानका प्रमुख कार्यकारी माकोटो उचिडाले भने।
बीबीसीसँगको अन्तर्वार्तामा उनले पेट्रोल र डिजेल कारभन्दा महँगो नहोस् भनेर आफ्नो कम्पनीले ग्राहकका लागि विद्युतीय मोडलका इभी गाडीको मूल्य घटाउने लक्ष्य राखेको बताएका छन्।
‘यसका लागि केही समय लाग्न सक्छ, तर, हामी आगामी केही वर्षहरू हेर्दैछौं,’ उनले भने, ‘हामी यसलाई प्रविधिको दृष्टिकोण र आपूर्तिकर्ताहरूसँगको सहकार्यको दृष्टिकोणबाट हेरिरहेका छौं। यस्तै हामीले उपभोक्तालाई त्यस प्रकारको कम मूल्यमा गाडी कसरी प्रदान गर्न सक्छौं भन्ने बारे सरकारसँग काम गरिरहेका छौं।’
निसानका सिईओ उचिडाले आफ्नो कम्पनीले एक फरक प्रकारको ब्याट्री प्रविधिलाई छिटो रुपमा उत्पादन गर्न व्यापक काम गरिरहेको बताए । जसलाई अल–सोलिड–स्टेट ब्याट्रीहरू (एएसएसबी) भनिन्छ, जुन हल्का, सस्तो र छिटो चार्ज हुने छ ।
‘हामी अर्को वर्षदेखि जापानमा एएसएसबीको लागि पाइलट प्लान्ट खोल्न गइरहेका छौं, र हामी यसलाई सन् २०८० सम्ममा ठूलो मात्रामा उत्पादन गर्न सक्ने सुनिश्चित गर्न चाहन्छौं,’ उनले भने, ‘यो प्लान्ट लगाउन धेरै चुनौतीहरू पनि छन्, तर हामीसँग त्यसको समाधान पनि छ, र हामी त्यस लक्ष्य पूरा गर्न सक्ने ट्रयाकमा छौं।’

निसान बेलायतमा आफ्नै ब्याट्री उत्पादन क्षमता भएको एक मात्र कार उत्पादक कम्पनी हो। गत वर्ष, कम्पनीले यसको सुन्दरल्याण्ड कार प्लान्टको छेउमा रहेको सुविधा विस्तार गर्न १ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेको थियो । सरकारले आयोजनामा १०० मिलियन पाउण्ड सहयोग गरेको छ । यसले निसानलाई अन्य कार निर्माताहरू भन्दा फाइदा दिन्छ जसले आफ्नो ब्याट्रीको ठूलो हिस्सा चीनबाट आयात गर्छन्।
अर्को वर्ष जनवरीमा लागु हुने ब्रेक्सिटपछिको व्यापारिक नियमहरूले बेलायत वा युरोपियन युनियनमा बनाइएका सवारी साधनहरूले आफ्नो कम्पोनेन्टको ४५ प्रतिशत यूके वा ईयुबाट मूल्यको आधारमा स्रोत जुटाउन आवश्यक छ । ताकि कुनै पनि तरिकाले निर्यात गर्दा १० प्रतिशत ट्यारिफबाट बच्न सक्छन्।
ब्याट्रीहरू विद्युतीय सवारीसाधनको सबैभन्दा महँगो भाग भएकाले बेलायत र ईयु दुवैका केही निर्माताहरूले उनीहरू त्यो थ्रेसहोल्डमा पुग्न असमर्थ हुने बताएका छन्। केही गाडी निर्माताहरुले भने ब्याट्री उत्पादनको लागि प्लान्टहरु तयार नभएसम्म र ब्याट्रीहरू आपूर्ति गर्न सक्षम नभएसम्म स्थगित गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।